Media Network

एनआईसी एशिया बैंकद्वारा आफ्नै पेमेन्ट स्वीच सञ्चालन


खबरस्टोरी संवाददाता

१६ चैत्र २०७९,बिहीबार

काठमाडौं । एनआईसी एशिया बैंकले एस २ एम सिस्टमसँगको सहकार्यमा पेमेन्ट स्वीच इलेक्ट्रोनिक फण्ड ट्रान्फर ईएफटी सञ्चालनमा ल्याएको छ।बैंकले हालै पूर्वाधारको सफलता पूर्वक कार्यान्वयन गरी बैंकको भुक्तानी प्रणालीमा आबद्ध गरेको छ ।

बैंकका अनुसार डिजिटल कारोबारमा ग्राहक बढिरहेको तथा संख्यामा वृद्धि हुन सक्ने अवस्थालाई मध्यनजरमा राखी कार्डबाट हुने कारोबारलाई थप विश्वसनीय एवं सहज बनाउन आफ्नै पूर्वाधार खडा गरेको हो ।

उक्त स्वीचको मद्दतले बैंकका पिओएस तथा एटिएम टर्मिनल मार्फत गरिने कारोबारलाई अन्तर आबद्धता स्थापित गरी कारोबारलाई सुरक्षित र सरल समेत बनाउन ठोस टेवा मिल्ने जनाइएको छ ।

वित्तीय समावेशीकरणका लागि मुगु, कालिकोट, बझाङ, रूकुम, जुम्ला, सल्यान जस्ता बैंक तथा वित्तीयसंस्थाहरूको उपस्थिति न्यून रहेका दुर्गम जिल्लामा तथा कुनै पनि बैंक तथा वित्तीय संस्था नपुगेको ३४ भन्दा बढी स्थानीय निकायमा शाखा विस्तार गरी सञ्चालन गरिसकेको बैंकले बताएको छ ।

साथै, देशको कुल जनसंख्याको ८० प्रतिशत भन्दा बढी बसोबास गर्ने ग्रामीण तथा साना सहरी क्षेत्रमा बैंकले आफ्ना ७२ प्रतिशत शाखा कार्यालयहरू स्थापना समेत गरेको जनाइएको छ ।

Share:
Reaction :
ताजा समाचार
खेलकुद