काठमाडौँ । दूरसञ्चार सेवा प्रदायक कम्पनी एनसेलले लाइसेन्स नवीकरण शुल्कबापत तिर्नुपर्ने रकम चार किस्तामा बुझाउन सक्ने भएको छ।बिहीवारको मन्त्रिपरिषद् बैठकले चार किस्तामा शुल्क तिर्ने सुविधा दिएको हो। पछिल्ला किस्ता तिर्दा १० प्रतिशत ब्याज लिने निर्णय पनि भएको छ।
“एनसेललाई अनुमति पत्र नवीकरण बापतको शुल्क चार किस्तामा बुझाउन दिने निर्णय भएको छ”, सरकारका प्रवक्ता सञ्चारमन्त्री पृथ्वीसुब्बा गुरुले भने, “दोस्रो किस्तादेखि अन्तिम किस्तासम्म बाँकी रहेको रकममा १० प्रतिशत ब्याजदर पनि बुझाउनुपर्नेछ।