Media Network

फर्निचर व्यवसाय प्रवर्द्धनका लागि कानुनै संशोधन गर्न पनि तयार छौं: उद्योग मन्त्री रिजाल


खबरस्टोरी संवाददाता

१० आश्विन २०८०,बुधबार

काठमाडौं । उधोग वाणिज्य तथा आपूर्ति मन्त्रि रमेश रिजालले फर्निचर व्यवसायले राजश्वमा ठुलो भुमिका खेलेको बताए ।बुधवारदेखि सुरु भएको नेपाल फर्निचर तथा फर्निसिङ संघ (एनएफएफए) द्वारा आयोजित फर्नेक्स नेपाल २०२३ मा बोल्दै यस्तो बताएका हुन् ।

पछिल्लो समय स्वदेशी उत्पादन पनि बढ्न थालेको उनले बताए । उनले भने,–‘फर्निचरले राजस्वमा ठूलो भुमिका खेलेको छ ।– विगतको तुलनामा स्वदेशमा उत्पादन हुन थालेको छन् ।’

कच्चा पदार्थको प्रयोगका लागि सरकार तत्पर रहेको मन्त्री रिजालले बताए । उनले भने,–‘– वनपैदारबाट हुने कच्चा पदार्थको प्रयोग गर्नु छ, कच्चा पदार्थ प्रयोगको लागि सरकार तत्पर छ।’

फर्निचर व्यवसायको प्रवद्र्धनमा कानुन संसोधन गर्न पनि तयार मन्त्री रिजालको भनाई छ । उनले भने,–‘कानुन संसोधन गरेर पनि फर्निचर व्यवसाय प्रवद्र्धनमा साथ हुन्छ । व्यवसायीलाई सहयोग र अर्थतन्त्र चलायमान विश्वास ।’

Share:
Reaction :
ताजा समाचार
खेलकुद