Media Network

गरिमा बिकास बैंकः नाम जस्तै काम ,रााष्ट्रियस्तरका बिकास बैंकहरु माझ अब्बल साबित


खबरस्टोरी संवाददाता

६ मंसिर २०७९,मंगलवार

काठमाडौं । गरिमा बिकास बैंकले बिसं २०६४ साल साउन २२ गतेबाट क्षेत्रियस्तरको बिकास बैंककोरुपमा वित्तीय कारोबार सञ्चालन गर्न अनुमती पाएको थियो । सो पश्चात बिसं २०६४ साल आश्विन २४ गतेबाट औपचारिकरुपमा कारोबार सुरु गरेको गरिमाले बिसं २०७२ साल असार २९ गते क्षेत्रियस्तरको निलगिरी बिकास बैंकलाई सफतापुर्वक मर्ज गरी आफुमा गाभेको थियो । सो पश्चात राष्ट्रियस्तरको बिकास बैंकहरुकोरुपमा यात्रा सुरु गरेको गरिमा आजको दिनसम्म आईपुग्दा राष्ट्रियस्तरका बिकास बैंकहरुमाझ निकै नै अब्वल र सवल देखिएको छ ।

यस अवधिमा बैंकको देशभर एक सय २० वटा शाखाहरु सञ्चालनमा रहेका छन् । यि बाहेक बैंकको एउटा एक्सटेन्सन काउन्टर र ५१ वटा एटिएम काउन्टरहरु सञ्चालनमा रहेका छन् । बैंकको सञ्चालक समितीको अध्यक्षकोरुपमा हाल श्याम प्रसाल बस्याल रहेका छन् भने प्रमुख कार्यकारी अधिकृतको पदमा गोविन्द्र प्रसाद ढकाल रहेका छन् । यि दुईको कुशल नेतृत्व, कुशल कार्यगत क्षमता र दक्ष कर्मचारीहरुको अथक मिहेनत कै कारण गरिमाले आजको दिनमा यो उचाई हाँसिल गरेको हो । गरिमााको यो व्यवसायीक उचाईप्रति बैंकका सेयरधनी, कर्मचारी, सञ्चालक एवं व्यवस्थापन समिती, आम ग्राहक, शुभचिन्तक, नियमनकारी निकाय र सरोकारवालाहरु सबै खुसी देखिएका छन् । 

कुशल व्यवस्थापकीय क्षमता कै कारण बैंकले चालु आर्थिक बर्षको पहिलो त्रैमासिक अवधिमा १९ करोड ३३ लाख २८ हजार एक सय २६ रुपैंयाँ खुद मुनाफा कमाएको छ । गत आवको सोही अवधिमा गरिमाको यस्तो नाफा १८ करोड ४४ लाख १९ हजार छ सय ४४ रुपैयाँ रहेको थियो । हाल चुक्ता पुंजी चार अर्ब ५९ करोड आठ लाख ७३ हजार पाँच सय दुई रुपैंयाँ रहेको बैंकले चालु आवको पहिलो त्रैमासमा ६८ अर्ब ९६ करोड ८४ लाख ७२ हजार एक सय २४ रुपैंयाँ निक्षेप संकलन गरी ५९ अर्ब ८५ करोड ९९ लाख ४७ हजार छ सय एक रुपैंयाँ कर्जा प्रवाह गरेको छ । सो अवधिमा ७९ करोड ६२ लाख १७ हजार पाँच सय ११ रुपैंयाँ खुद व्याज आम्दानी गरेको बैंकमा एक दशमलव ७१ प्रतिशत कर्जा निष्क्रिय रहेको छ । सो अवधिम चार दशमलव ६९ प्रतिशत स्प्रेड दर रहेको बैंकको वितरणयोग्य नाफा आठ करोड २२ लाख सात हजार पाँच सय १८ रुपैंयाँले ऋणात्मक रहेको छ । 

गत आवको सोही अवधिमा भने बैंकले ६८ अर्ब ४१ करोड दुई लाख १२ हजार चार सय ४१ रुपैंयाँ निक्षेप संकलन गरी ५८ अर्ब ३२ करोड २२ लाख ९० हजार सात सय १५ रुपैंयाँ कर्जा प्रवाह गरेको थियो । उक्त अवधिमा ५६ करोड ४१ लाख ९२ हजार तीन सय ६५ रुपैंयाँ खुद व्याज आम्दानी गरेको बैंकमा एक दशमलव शुन्य चार प्रतिशत कर्जा निष्क्रिय रहेको थियो भने स्प्रेड दर तीन दशमलव ९० प्रतिशत रहेको थियो । 


Share:
Reaction :
ताजा समाचार
खेलकुद