टाटा मोटर्स जेनुइन आयलद्वारा प्रायोजित नाडा अटो शो २०२३ को उद्घाटन अर्थमन्त्री डा. प्रकाशशरण महतले गरेका थिए । १५औं संस्करणको नाडा अटो शो २०२३ मा करिब ७६ हजार एकसय दर्शकहरूले अवलोकन गरेका हुन् ।
थुप्रै नयाँ ब्रान्डका सवारी साधनहरूका कारण प्रदर्शनीमा निकै भीड लागेको थियो । देशमा चलेको आर्थिक मन्दीबीच आयोजना गरिएको यो अटो शोले देशको अर्थ व्यवस्थालाई चलायमान बनाउन सहायकसिद्ध भएको आयोजकको दाबी छ ।
प्रदर्शनीमा उत्कृष्ट चारपाङ्ग्रे सवारीसाधनको स्टल साइमेक्स इंक प्रा.लि. (विवाइडी) र उत्कृष्ट दुईपाङ्ग्रे सवारी साधनतर्फको स्टल अग्नी मोटोनिक प्रा.लि. (जावा) ले जितेको छ ।
त्यसैगरी लाइट कमर्सियल भेहिकलको बेष्ट स्टल एवार्ड आयाम इण्टरनेशनल प्रा.लि. (फोर्स मोटर्स ) ले जितेको छ भने बेष्ट सर्पोटिङ्ग स्टलको बेष्ट एवार्ड पौडेल इण्टरप्राइजेज ( लिक्वीइमोली स्टुडोजले) जितेको छ ।
नाडा अटो शो २०२३ का सहप्रायोजकमा शिखर इन्स्योरेन्स, टिकेटिङ्क पार्टनरमा खल्ती, अफिसियल इण्टरनेट पार्टनरमा वल्डलिङ्कले गरेको थियो ।