नेप्सेमा आज १३ वटा समुहहरुको कारोबार हुंदा निर्जिवन बीमा समुहको सुचक घटेर रातो भएको छ भने भने बाँणिज्य बैंक, बिकास बैंक, फाईनान्स, जलबिद्युत, जीवन बीमा, होटल तथा पर्यटन, लगानी, उत्पादनमुलक, लघुवित्त सहितका १२ वटा समुहहरुको सुचक बढेर हरियो भएको छ ।
घलेम्दी हाईड्रो पावर कम्पनी, आरएमडिसी लघुवित्त वित्तीय संस्था, साना किसान लघुवित्त वित्तीय संस्था आदिले कमाएपनि आज किसान लघुवित्त वित्तीय संस्था, एनएलजी इन्स्योरेन्स कम्पनी, ङादी ग्रुप पावर लिमिटेड, पिपुल्स पावर लिमिटेड, ग्रिन लाईफ हाईड्रो पावर लिमिटेड आदिले भने गुमाएका छन् । शाईन रेसुंगा डेभलपमेन्ट बैंक, हिमालयन डिष्ट्रिलरी प्राली, घलेम्दी हाईड्रो पावर कम्पनी आदिको भने आज बढी रकम कारोबार भएका छन् ।