Media Network

नेप्से १२ दशमलव १० अंकले बढ्यो


खबरस्टोरी संवाददाता

१४ चैत्र २०७९,मंगलवार

काठमाडौं। शेयर बजार लगातार दोस्रो दिन पनि उकालो लागेको छ । पछिल्लो समय लगातार रुपमा घटिरहेको शेयर बजारमा मंगलबार पनि दोहोरो अंकको सुधार आएको हो ।

 मंगलबार शेयर बजार परिसूचक १२ दशमलव १० अंकले बढेर १९१८ दशमलव १० विन्दुमा पुगेको छ । मंगलबार कारोबार रकममा पनि वृद्धि भएको छ । आज २५८ कम्पनीका ४० लाख ७७ हजार ७७८ कित्ता शेयर किनबेचबाट १ अर्ब ४४ करोड ३७ लाख १३ हजार ८७८ रुपैयाँको कारोबार भएको छ । 

त्यस्तै मंगलबार क वर्गका कम्पनीको मापक सेन्सेटिभ इन्डेक्स पनि बढेको छ । सेन्सेटिभ इन्डेक्स २ दशमवल ४१ अंकले बढेर ३६० दशमवल ४४ विन्दुमा पुगेको छ ।

मंगलबार विकास बैंक, वित्त र निर्जीवन बीमा उपसूचक घटे । अन्य उपसूचक भने बढेका छन् । यसमा पनि सबैभन्दा बढी लघुवित्त उपसूचक बढेको छ ।

मंगलबार सुपरमाइ हाइड्रो, सृजनसिल लघुवित्त, एसियन हाइड्रो, महिला लघुवित्त, नेरुडे लघुवित्तसहितका कम्पनीको मूल्य सबैभन्दा धेरैले बढेको छ । तेह्रथुम पावर, मितेरी विकास बैंक, वेस्ट फाइनान्ससहितका कम्पनीको मूल्य धेरैले घटेको छ । आईएमई जनरल इन्स्योरेन्स, हिमालयन डिष्ट्रिलरी, शिवम् सिमेन्ट, एनआईसी एसिया बैंक, अपि पावरसहितका कम्पनीको धेरै कारोबार भएको छ ।


Share:
Reaction :
ताजा समाचार
खेलकुद