Media Network

नेप्सेमा पाँच अंकले गिरावट


खबरस्टोरी संवाददाता

२ चैत्र २०७९,बिहीबार

काठमाडौं।नेप्सेमा पुन गिरावट आएको छ । साताको अन्तिम कारोबार दिन आज बिहिबार नेप्से पाँच दशमलव ३२ अंकले घटेर १९ सय ३३ दशमलव ३१ अंकमा खुम्चिएको छ । सेन्सिटिभ पनि शुन्य दशमलव ५१ अंकले घटेर तीन सय ६४ दशमलव ७८ अंकमा खुम्चिएको छ ।

नेप्सेमा आज दुई सय ५८ वटा कम्पनीहरुको २६ हजार तीन सय ७५ पटकको कारोबारमा ३४ लाख दुई हजार दुई सय ६७ कित्ता सेयर किनबेच भएका छन् । सो अनुसार आज कुल कारोबार रकम एक अर्ब १४ करोड १४ लाख ५५ हजार ६२ रुपैंयाँ पुगेको छ । 

आज कारोबार भएका १३ वटा समुहहरु मध्ये जलबिद्युत, लगानी, अन्य र टे«डिङ समुहको सुचक बढेपनि जीवन बीमा, निर्जिवन बीमा, बिकास बैंक, फाईनान्स, होटल तथा पर्यटन, उत्पादनमुलक, लघुवित्त, र सामुहिक लगानी कोष समुहको सुचक भने घटेका छन् । 

युनिक नेपाल लघुवित्त वित्तीय संस्था, शुभम पावर लिमिटेड, किसान लघुवित्त वित्तीय संस्था आदिले आज कमाएका छन् भने लक्ष्मी लघुवित्त वित्तीय संस्था, मनकामना स्मार्ट लघुवित्त वित्तीय संस्था, राष्ट्र उत्थान लघुवित्त वित्तीय संस्था आदिले गुमाएका छन् । एनआईसी एशिया बैंक, हिमालयन डिष्ट्रिलरी प्राली, नबिल बैंक आदिको भने आज बढी रकम कारोबार भएका छन् ।  


Share:
Reaction :
ताजा समाचार
खेलकुद