Media Network

पाँच म्युचुअल फण्डको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन


खबरस्टोरी संवाददाता

१० आश्विन २०८०,बुधबार

काठमाडौं । पाँच म्युचुअल फण्डको लाभांश सुरक्षित गर्ने आज अर्थात असोज १० गते अन्तिम दिन रहेको छ। शुक्रबार र आइतबार बुकक्लोज गर्न लागेका कम्पनीमा बुधबारसम्म कायम भएका सेयरधनीले मात्रै लाभांश पाउनेछन् ।

एनएमबि ५० र एनएमबि हाइब्रिड फण्ड ले इकाइधनीलाई १५ प्रतिशत, प्रभु सेलेक्ट फण्डले ९.५ प्रतिशत, सानिमा इक्वीटि फण्डले १८ प्रतिशत र सनराइज फस्ट म्युचुअल फण्डले १६ प्रतिशत नगद लाभांश वितरण गर्ने घोषणा गरेका छन्।

Share:
Reaction :
ताजा समाचार
खेलकुद