Media Network

पुन १० अंकले बढ्यो नेप्से, तीन अर्ब ४६ करोड रुपैंयाँको सेयर किनबेच


खबरस्टोरी संवाददाता

११ माघ २०७९,बुधबार

काठमाडौं । अघिल्लो दिन बढेको नेप्से आज बुधबार पनि बढेको छ । नेप्से आज १० दशमलव ३७ अंकले बढेर २१ सय ८३ दशमलव ६२ पुग्न सफल भएको छ । सेन्सिटिभ इन्डेक्स भने आज एक दशमलव ३० अंकले घटेर चार सय १४ दशमलव २४ अंकमा खुम्चिएको छ । 

नेप्सेमा आज १३ वटा समुहहरुको दुई सय ६१ वटा कम्पनीहरुको ५४ हजार तीन सय ७७ पटकको कारोबारमा ९५ लाख ३२ हजार आठ सय ६७ कित्ता किनबेच भएका छन् । जसबाट आज कुल कारोबार रकम तीन अर्ब ४६ करोड ६५ लाख आठ हजार तीन सय ३८ रुपैंयाँ कायम भएको छ । 

नेप्सेमा आज १३ वटा समुहहरुको कारोबार हुँदा बाँणिज्य बैंक, फाईनान्स र अन्य समुहको सुचक घटेर रातै भएपनि बिकास बैंक, जलबिद्युत, निर्जिवन बीमा, जीवन बीमा, लघुवित्त होटल तथा पर्यटन, लगानी, उत्पादनमुलक, लघुवित्त, सामुहिक लगानी कोष र टे«डिङ सहितका १० वटा समुहहरुको सुचक भने बढेर हरियो भएको छ । 

ग्रिन लाईफ हाईड्रो पावर कम्पनी, कृषि बिकास बैंक, सानिमा जनरल इन्स्योरेन्स कम्पनी लिमिटेड आदिले कमाएका छन् भने आज आरबीबी म्युचुअल फण्ड १, लक्ष्मी ईक्विटी फण्ड, मेगा म्युचुअल फड, कुमारी धनबृद्धि योजना आदिले गुमाएका छन् । नेशनल हाईड्रो पावर कम्पनी, ग्रिन लाईफ हाईड्रो पावर लिमिटेड, नेशनल माईक्रो फाईनान्स लघुवित्त वित्तीय संस्था आदिको भने आज बढी रकम कारोबार भएका छन् ।  


Share:
Reaction :
ताजा समाचार
खेलकुद