बुधवार बसेको संचालक समितिको बैठकले सेयर धितो कर्जाको सीमा संशोधन वा हटाउने विषय निर्णय गर्न नसकेको हो । यद्यपि, यो आन्तरिक छलफलमै रहेको राष्ट्र बैंक स्रोतले बतायो । ‘बुधवार पनि राष्ट्र बैंकको बोर्ड बैठक बसेको थियो । तर, सेयर धितो कर्जाको सिमा संशोधन गर्ने वा हटाउने भन्ने विषयमा कुनै पनि निर्णय हुन सकेन’–स्रोतले भन्यो । यद्यपि, सेयर धितो कर्जाको विषय नै बैठकमा नआएको उनले बताए ।
यति यतिबेला सेयर धितो कर्जाको विषय चर्चामा छ । अर्थमन्त्रालयले पनि सेयर कर्जामा लगाइएको १२ करोडको सीमा हटाउन जोड दिईरहेको छ । राष्ट्र बैंक पनि सेयर कर्जामा लगाएको सीमा हटाउने वा संशोधन गर्ने भन्ने विषयमा निर्णय नभएपनि सम्वन्धित निकायसंग राष्ट्र बैंक छलफलमा जुटिरहेको छ ।