अघिल्लो कारोबार दिन सोमबार पनि सुनको मूल्य तोलामा १ लाख ५२ हजार ३०० रुपैयाँ नै थियो ।गत बुधबार भने घरेलु बजारमा सुनको मूल्य हालसम्मकै उच्च थियो । बुधबार सुनको मूल्य तोलाको १ लाख ५३ हजार रुपैयाँ कायम थियो ।
यसैगरी, यो दिन चाँदीको मूल्य तोलाको १ हजार ८५० रुपैयाँ कायम भएको छ । सोमबार भने यसको मूल्य प्रतितोला १ हजार ८४० रुपैयाँ थियो ।
यसैगरी,महासंघका अनुसार आज प्रति १० ग्राम छापावाल सुनको मूल्य १ लाख ३० हजार ५७५ रुपैयाँ कायम भएको छ । त्यस्तै प्रति १० ग्राम चाँदीको मूल्य १ हजार ५८६ रुपैया कायम भएको छ ।