Media Network

सुनको भाउ ११ सय रुपैयाँले बढ्यो


खबरस्टोरी संवाददाता

१ माघ २०७९,आईतवार

काठमाडौँ । नेपाली बजारमा सुनको मूल्य तोलामा ११ सय रुपैयाँले बढेको छ । साताको कारोबारको अन्तिम दिन शुक्रबार तोलामा १ लाख ३ हजार ९०० रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य आइतबार बढेर १ लाख ५ हजार पुगेको हो । 

यस्तै तेजावी सुन तोलामा १ लाख ४ हजार ५०० रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।  यस्तै आइतबार चाँदी तोलामा १३९० रुपैयाँमा कारोबार भएको छ । शुक्रबार चाँदी तोलामा १३६५ रुपैयाँमा कारोबार भएको थियो ।

Share:
Reaction :
ताजा समाचार
खेलकुद