Media Network

सुनको मूल्यमा नयाँ रेकर्ड कायम


खबरस्टोरी संवाददाता

१० माघ २०७९,मंगलवार

काठमाडौं । आज नेपाली बजारमा सुनको मूल्यले नयाँ रेकर्ड कायम गरेको छ । अघिल्लो दिनको तुलनामा प्रतितोला एक हजारले बढेर सुनको मूल्यमा १ लाख ६ हजार ३ सय कायम भएको छ ।

यसअघि २०७८ साल फागुन २५ मा सुनको मूल्य सबैभन्दा बढी प्रतितोला १लाख ५ हजार पाँच पुगेको थियो । सोमबार छापावाल सुन प्रतितोला १ लाख ५ हजार तीन सयमा कारोबार भएको थियो ।

आज तेजाबी सुनको मूल्य प्रतितोला १ लाख पाँच हजार आठ सय कायम भएको छ । यसको मूल्य अघिल्लो दिन १ लाख चार हजार आठ सय थियो ।

त्यस्तै चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा प्रतितोला १५ ले घटेर १ हजार तीन सय ६५ कायम भएको छ ।


Share:
Reaction :
ताजा समाचार
खेलकुद