Media Network

सुनको मूल्यमा तीन सयले गिरावट


खबरस्टोरी संवाददाता

१६ चैत्र २०७९,बिहीबार

काठमाडौँ । बिहीबार नेपाली बजारमा सुनको मूल्यमा सामान्य गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार तोलामा १ लाख ८ हजार ५०० रुपैयाँमा कारोबार भएको छापावाल सुन बिहीबार तीन सय घटेर तोलामा १ लाख ८ हजार २०० रुपैयाँमा कारोबार भएको हो । 

यस्तै तेजावी सुन तोलामा १ लाख ७ हजार ७०० रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । 

यस्तै चाँदीको मूल्यमा पनि बिहीबार सामान्य वृद्धि भएको छ।  बधबार तोलामा १३६५ रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य बिहीबार दश रुपैयाँले बढेर तोलामा १३७५ रुपैयाँ पुगेको हो । 


Share:
Reaction :
ताजा समाचार
खेलकुद