बैठकमा मुख्य निर्वाचन अधिकृत, प्रशासन, सुरक्षा निकायका प्रमुख, उम्मेदवारहरू सहभागी छन् । यहाँ एमालेका उम्मेद्वार जगदिश कुसियत र गठबन्धनबाट कांग्रेसका उम्मेदवार सञ्चारमन्त्रीबीच प्रतिस्पर्धा छ । शनिबार साँझको अपडेट अनुसार यहाँ कार्कीले झिनो मतले लिड गरेका छन् । कांग्रेसले पकड मानेको क्षेत्रबाट अपेक्षित मत नखसेपछि कार्कीले धाँधली भएको भन्दै गणनाको उत्तरार्द्धमा पुनस् मतगणनाको माग गरेपछि यहाँ विवाद भएको थियो ।
एमाले नेताहरूले भने गणना सकिएको मतलाई कायम गरेर मतगणनालाई निरन्तरता दिनुपर्ने बताएका छन् । गणनास्थलमा नेपाल प्रहरी र सशस्त्र प्रहरीको बाक्लो उपस्थिति छ । सर्वदलीय बैठकमा पत्रकारलाई प्रवेश दिइएको छैन ।