Media Network

सर्बसाधारणलाई सुपर मादी हाइड्रोको आईपिओ आजदेखि


खबरस्टोरी संवाददाता

९ माघ २०७९,सोमबार

काठमाडौ । सुपर मादी हाइड्रोपावर लिमिटेडले आज माघ ९ गतेदेखि सर्बसाधारणलाई आईपिओ बिक्री खुला गरेको छ । कम्पनीले सर्बसाधारणलाई १७ लाख ४३ हजार कित्ता शेयर निष्काशन गरेको हो ।

यस निष्काशनमा माघ १२ गतेसम्म आवेदन दिन सकिने छ। आवेदन दिंदा न्युनतम १० कित्ता र अधिकतम ५० हजार कित्ता शेयरको लागि आवेदन दिन सकिने छ । शेयर निष्काशनको लागि सानिमा क्यापिटल बिक्रि प्रबन्धक रहेको छ । कम्पनीले यस अघि पहिलो चरण अन्तर्गत मङ्सिर २० गतेदेखि आयोजना प्रभावित स्थानीय र विदेशमा रहेका नेपाली श्रमिकको लागि आईपिओ निष्काशन गरेको थियो। 

कम्पनीले कास्कीमा ४४ मेगावाटको सुपर मादी जलविद्युत आयोजना निर्माण गरिरहेको छ ।


Share:
Reaction :
ताजा समाचार
खेलकुद