Media Network

४ सय रुपैयाँले घट्यो सुन


खबरस्टोरी संवाददाता

१ मंसिर २०७९,बिहीबार

काठमाडौं ।  बिहीबार नेपाली बजारमा सुन तथा चाँदी दुवैको मूल्य घटेको छ। बुधबारको तुलनामा सुन प्रतितोला ४ सय रुपैयाँ र चाँदी प्रतितोला १० रुपैयाँ घटेको हो। 

बुधबार छापावाल सुन प्रतितोला ९८ हजार ४ सय रुपैयाँमा कारोबार भएको थियो। बिहीबार छापावाल सुनको मूल्य तोलामा ४ सय रुपैयाँ घटेर ९८ हजार रुपैयाँ कायम भएको छ। 

त्यस्तै चाँदीको मूल्य पनि तोलामा १० रुपैयाँ घटेको हो। बिहीबारका लागि चाँदीको मूल्य प्रतितोला १२ सय ८५ रुपैयाँ तोकिएको छ। बुधबार चाँदी प्रतितोला १२ सय ९५ रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। 

Share:
Reaction :
ताजा समाचार
खेलकुद