Media Network

सेयर बजार १११ अंकले घट्यो, १८ अर्ब ६५ करोड रूपैयाँको कारोबार


खबरस्टोरी संवाददाता

११ भाद्र २०८१,मंगलवार

काठमाडौं । सेयर बजार मंगलबार १११.९६ अंकले घटेर २७८२.६० बिन्दुमा आइपुगेको छ।२ सय २३ कम्पनीको सेयर मूल्य घटेको बजारमा करिब १८ अर्ब ६५ करोड रूपैयाँ बराबरको कारोबार भएको छ।

मंगलबार नेप्सेमा उच्च अंकको गिरावटसँगै अधिकांश कम्पनीको सेयर मूल्य पनि घटेको छ। कुल २ सय ४५ कम्पनीको कारोबार भएकोमा २० कम्पनीको सेयर मूल्य बढेको छ भने एक कम्पनीको स्थिर रहेको छ।तारागाउँ रेजेन्सी, आत्मनिर्भर लघुवित्त वित्तीय संस्था र डोटी पावर कम्पनीको सेयरमा भने सकारात्मक सर्किट ब्रेक लागेको छ।

यो साताको पहिलो दिन आइतबार नेप्से ७९।८८ अंकले घटेको थियो।

Share:
Reaction :
ताजा समाचार
खेलकुद