Media Network

तोलामा १ हजारले बढ्यो सुन


खबरस्टोरी संवाददाता

२९ कार्तिक २०७९,मंगलवार

काठमाडौं। मंगलबार नेपाली बजारमा सुन तथा चाँदी दुवैको मूल्य बढेको छ। सोमबारको तुलनामा सुन प्रतितोला १ हजार र चाँदी ३० रुपैयाँ बढेको हो। 

सोमबार छापावाल सुन प्रतितोला ९७ हजार २ सय रुपैयाँमा कारोबार भएको थियो। मंगलबार छापावाल सुनको मूल्य तोलामा १ हजार रुपैयाँ बढेर ९८ हजार २ सय रुपैयाँ कायम भएको छ। 

त्यस्तै चाँदीको मूल्य पनि तोलामा २० रुपैयाँ बढेको हो। मंगलबारका लागि चाँदीको मूल्य प्रतितोला १३ सय २५ रुपैयाँ तोकिएको छ। सोमबार चाँदी प्रतितोला १२ सय ९५ रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। 

Share:
Reaction :
ताजा समाचार
खेलकुद