Media Network

तोलामा ५ सय रुपैयाँले घट्यो सुन


खबरस्टोरी संवाददाता

१२ जेष्ठ २०८०,शुक्रबार

काठमाडौँ । शुक्रबार नेपाली बजारमा सुनको मूल्य तोलामा ५ सय रुपैयाँले घटेको छ । अघिल्लो दिन प्रतितोला १ लाख ८ हजार ८ सय रुपैयाँमा कारोबार भएको छापावाला सुनको मूल्य आज ५ सय रुपैयाँले घट्दै १ लाख ८हजार ३ सय रुपैयाँमा झरेको हो । यस्तै तेजाबी सुनको मूल्य समेत आज तोलामा ५ सय रुपैयाँले नै घट्दै १ लाख ७ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

यता चाँदीको मूल्य भने अघिल्लो दिनको मूल्य तोलामा ५ रुपैयाँले घट्दै १ हजार ३४५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । अघिल्लो दिन चाँदी प्रतितोला १ हजार ३५० रुपैयाँमा कारोबार भएको थियो । 

Share:
Reaction :
ताजा समाचार
खेलकुद