Media Network

तोलामा ११ सयले घट्यो सुनको मूल्य


खबरस्टोरी संवाददाता

१३ माघ २०७९,शुक्रबार

काठमाडौँ । नेपाल सुनचाँदी व्यवसायी महासंघले आज एकैदिन सुनको मूल्य तोलामा ११ सय रुपैयाँले घटेको जानकारी दिएको छ । महासंघले आजको मूल्यसूची सार्वजनिक गर्दै हिजो विहीबारको तुलनामा ह्वात्तै मूल्य घटेको जानकारी दिएको हो ।

यससँगै, आज छापावाल सुनको मूल्य तोलमा १ लाख ५ हजार ८०० रुपैयाँ र तेजाबी सुनको मूल्य तोलामा १ लाख ५ हजार ३०० रुपैयाँ छ । हिजो विहीबार छापावाल सुनको मूल्य तोलामा १ लाख ६ हजार ९०० रुपैयाँ र तेजाबी सुनको मूल्य १ लाख ६हजार ४०० रुपैयाँ थियो ।

हिजो नेपाली बजारमा सुनको मूल्य अहिलेसम्मकै उच्च मूल्यमा कारोबार भएको थियो । नेपाली बजारमा यसअघि सुनको मूल्य तोलामा १ लाख ६ हजार ९०० रुपैयाँ पुुगेको थिएन । यस्तै, आज चाँदीको मूल्य तोलामा १३ सय ८० रुपैयाँ कायम छ । हिजो बिहिबार पनि यही मूल्यमा चाँदीको कारोबार भएको महासंघले जनाएको छ ।

Share:
Reaction :
ताजा समाचार
खेलकुद