Media Network

दसैँका लागि खाद्यले बिक्रिका लागि राख्यो खसीबोका (तस्बिरहरू)


खबरस्टोरी संवाददाता

१२ आश्विन २०७९,बुधबार

काठमाडौं। खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले दसैँका लागि खसीबोका र च्याङ्ग्राको बिक्री सुरु गरेको छ। कम्पनीले यस वर्षको दसैँका लागि ल्याएको खसीबोका थापाथलीस्थित कार्यालय परिसरबाट बिक्री गरिरहेको हो। 

कम्पनीले बजार मूल्य नियन्त्रणका लागि भन्दै हरेक वर्षको दसैँमा खसीबोका र च्याङ्ग्रा बिक्री गर्दै आएको छ। कम्पनीले माग धान्नभन्दा पनि बजार मूल्य नियन्त्रणका लागि विगतमाझैँ यसपटक पनि खसीबोका बिक्री गर्न लागेको हो। दसैँका बेला काठमाडौं उपत्यकामा खसीबोकाको ११ लाख किलोभन्दा बढी मासु खपत हुने अनुमान छ।

कम्पनीले खसी जिउँदो ६ सय ७० रुपैयाँ प्रतिकिलो, बोका जिउँदो ६ सय ७० रुपैयाँ प्रतिकिलो र च्याङ्ग्रा १२ सय ५० रुपैयाँ प्रतिकिलोमा बिक्री गरिरहेको हो। यो मूल्य कम्पनीले १० रुपैयाँ छुट दिएपछिको हो।



Share:
Reaction :
ताजा समाचार
खेलकुद