क...">
Media Network

यस्तो छ, हुण्डाई गाडीको एसेम्बल प्लान्ट, मुल्य समेत सस्तो !


खबरस्टोरी संवाददाता

२५ असार २०८१,सोमबार

काठमाडौ । व्यापारिक घराना लक्ष्मी समूहले नेपालमै हुण्डाईका गाडी उत्पादनका लागि नवलपरासीमा एसेम्ब्लिङ प्लान्ट तयार पारेसँगै गत बैशाख २८ गते प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले उद्घाटन गरेयता व्यवसायिक उत्पादन थालेको छ । समूह नेपालका लागि हुण्डाई गाडीको आधिकारिक बिक्रेता हो ।

कम्पनीले प्लान्ट नवलपरासीको रामग्राम नगरपालिका ६ मा निर्माण गरेको छ । करिब १० बिघा जग्गामा एसेम्बीङ प्लान्ट फैलिएको छ । यो प्लान्टको १।५ युनिट पर आवर युपीएच क्षमता छ । अर्थात प्लान्टले एक घण्टामा १।५ युनिट गाडी उत्पादन गर्न सक्छ । ‘गाडीको माग कति हुन्छ, त्यसअनुसार कम्पनीले उत्पादन गर्नेछ । यो प्लान्टबाट १०० भन्दा बढीले प्रत्यक्ष रुपमा रोजगारी पाइरहेका छन भने २०० जनाभन्दा बढीले रोजगारी पाउने दाबी गरिएको छ । करिब एक वर्षदेखि एसेम्ब्लिङ निर्माणको काम सुरु भएको थियो । प्लान्टका करिब डेढ अर्ब रुपैयाँ खर्चिएको छ ।


हुण्डाई कम्पनीको कार एसेम्ब्ली हुनु भनेको नेपालमा उद्यमीहरूको उत्कृष्ट नमुना हो । किनभने छोटो अवधिमा प्लान्ट तयार पार्नु आफैंमा चुनौतीको विषय हो । लक्ष्मी समूह ५० वर्ष पुग्दा एसेम्ब्ली प्लान्टको स्थापना भएको छ । ३ सय रुपैयाँ पुँजीबाट सुरु भएको लक्ष्मी समूहको व्यवसाय ५० वर्षमा एसेम्ब्ली प्लान्ट बनाउन सफल भएको छ । अथवा अटोमोबाइल बनाउने उद्योगमा पुगेको छ । साथै, नेपाल(कोरिया दौत्य सम्बन्ध ५० वर्ष पुगेकै वर्ष र लक्ष्मी समूह पनि ५० वर्ष पुगेको सुखद क्षणमा हुण्डाई गाडी स्वेदशमै उत्पादन सुरु भएको छ ।

नेपालमा सीयो पनि उत्पादन हुँदैन भनिन्थ्यो । तर, अहिले गाडी उत्पादन भइरहेका छन् । प्रविधि र अटोमोबाइल क्षेत्रमा नेपालले ठूलो फड्को मारेको छ । नेपाल सरकारले औद्योगिकीकरणको ४.० औद्योगिकीरणका विभिन्न चरण मध्ये एउटा चरण सुरुवात गरेको छ । अहिले विश्व औद्योगीकीकरणको चौथो चरणमा आइपुग्दा सरकारले घोषणा गरेबमोजिम हुण्डाई गाडी स्वदेशमै एसेम्ब्ली हुनु नेपालमा पनि ४.० सुरु भएको छ । अब अन्य उद्योग स्थापना गर्ने वातावरण सुरु भएकाले नेपालमा औद्योगीकरणको नयाँ आयाम थपिएको छ ।


प्रथम चरणमा हुण्डाई भेन्युका दुर्ई भेरियन्ट उत्पादन गर्ने र क्रमशः अन्य भेरियन्टको उत्पादन पनि बढाउँदै जाने कम्पनीको योजना रहेको छ । स्वदेशमै उत्पादित हुण्डाई भेन्युको मूल्य क्रमशः ४४ लाख ९६ हजार र ५३ लाख ५६ हजार रुपैयाँ रहेको छ ।

यस्ता छन् कम्पनीका नयाँ योजनाहरु ?

कम्पनीले आइटेन क्रेटा एसेम्ब्ली गर्ने तयारी गरेको छ। अर्को वर्षदेखि हुण्डाईको इलेक्ट्रिक कार पनि एसेम्ब्ली गर्ने तयारीमा कम्पनी छ । जुन  हुण्डाई डेडिकेडेट प्लान्ट हो । हुण्डाइका कोरिया, भारतमा बन्ने गाडीहरू सबै निर्माण हुदैछन् । अहिले एसकेडी प्लान्ट हो । एसकेडीबाट सीकेडी प्लान्ट गर्ने र सीकेडी प्लान्टबाट सिबियू कम्प्लिट व्यूल्ट युनिट प्लान्ट बनाउने लक्ष्य छ । सीबीयू प्लान्ट बनाउन करिब ३० अर्ब रुपैयाँ लगानी आवश्यक पर्छ । अहिलेसम्म साढे २ अर्बदेखि ३ अर्ब रुपैयाँ मात्रै लगानी भएको छ ।

देशमै बन्यो लगानी मैत्री वातावरण, एसेम्बल हुन थाले आधा दर्जनबढि दुईपांग्रे गाडी

पछिल्लो एक दशकमा नेपालमा बनेका तथा संशोधन भएका कानुन नेपालमा उत्पादन प्रवर्धन गर्नुभन्दा आयात गर्न सहज हुने प्रकारले ल्याइएका छन् ।

नेपालमा उद्योग दर्ता प्रक्रियादेखि धेरैवटा नियामकीय निकाय, कर कर्मचारीको असिमीत तजबिजी अधिकार अनि सरकारको नीतिगत अस्पष्टताले नेपालमा उत्पादनमुलक उद्योगमा लगानी गर्नु झन् झन् कठिन हुदै गइरहेको देखिन्छ । नेपालमा पछिल्लो एक दशकमा संशोधन भएका तथा बनेका नयाँ कानुन पनि सबैजसो औद्योगिक विकासका लागी  मार्गनिर्देश गर्ने खालका देखिएनन्।

तर, यसैबीच, बिहीबार ९बैशाख २८ गते० लक्ष्मी समूहले दक्षिण कोरियाको गाडि उत्पादक हुण्डाई कम्पनीसँगको सहकार्यमा नेपालमै हुण्डाईका गाडी उत्पादन गर्न नवलपरासीको रामग्राम(६ मा एसेम्ब्लिङ प्लान्ट उद्घाटन गरेसँगै नेपालमा लगानीको वातावरण बढ्न थालेको भान हुन थालेको छ । नेपालमा नै व्यावसायिक उत्पादन थालेको लक्ष्मी समूहले हुण्डाई गाडी एसेम्बलको योजना दुरगामी र देशको औधोगिक विकासमा टेवा पुग्ने खालको देखिन्छ ।

दक्षिण कोरियाले सुरुमा गाडि एसेम्ब्लिङ गरेर नै आफ्नो क्षमता विकास गर्दै गएको कारण आज विश्व बजारमा हुण्डाई गाडी उत्पादकको रुपमा स्थापित भएको हो ।

छिमेकि भारतमा पनि सन् १९२८ मा सुरुवाती चरणमा जनरल मोटर्स र ग्राहम पेजका दुईवटा एसेम्ब्लिङ प्लान्ट स्थापना भएका थिए । त्यसपछि फोर्ड पनि भारतमा एसेम्ब्लिङ प्लान्ट राख्न आयो ।

तर, सन् १९९१ को भारतमा आएको आर्थिक उदारीकरणका कारण सरकारी नियन्त्रण हटेसँगै धेरै भारतीय र बहुराष्ट्रीय कार कम्पनीहरु भारतीय बजारमा आक्रामकरुपमा आए, आफै उत्पादन गर्न थाले ।

त्यसैको देखासिकी गर्दै नेपालमा पनि सरकारले केही सहुलियत दिएका कारण पछिल्ला वर्षहरुमा केहि दुईपाँग्रे सवारी साधन एसेम्ब्लिङ प्लान्ट सुरु भएका छन् भने चारपाँग्रे सवारी साधनमा नेपालमा एसेम्ब्लिङ प्लान्ट स्थापना गर्ने हुण्डाईले सकृयता देखाएको छ ।

हुनत नेपालमा यसअघि हुलास ग्रुपले नै चारपाँग्रे गाडीहरु ‘एसेम्बल’ गरेको थियो। जसलाई प्रोत्साहन दिन डा।बाबुराम भट्टराईले प्रधानमन्त्री भएको समयमा ‘मुस्ताङ’ म्याक्स चढेका थिए । तर सरकारको नीतिगत अस्पष्टता तथा कर्मचारीतन्त्रको कोपभाजन भएर उक्त उद्योग बन्द भयो ।

त्यसपछि लगानी बोर्डमार्फत् कोरियन कम्पनी मोट्रेक्सले १० अर्ब ५४ करोडमा सवारीसाधन उत्पादन गर्ने कम्पनी नेपालमा स्थापना गर्न खोजेको भएपनि राजनीतिक अस्थीरताका कारण उक्त कम्पनीले कुनै चासो देखाएन ।

तर, एक शताब्दी अघि नेपालीको काँध चडेर राणा प्रधानमन्त्री चन्द्रशम्सेरका लागि काठमाडौं खाल्डो भित्रिएको मोटर अब काठमाडौं खाल्डोबाट २०० किमि टाढा नवलपरासीको रामग्राम(६ मा हुण्डाईको रेखादेखमा लक्ष्मी समूहको एसेम्ब्लिङ प्लान्टमा नेपालमा नै बन्दैछ ।

हुण्डाईले पहिलो चरणमा भेन्यु गाडी उत्पादन गर्ने तयारी गर्दै गर्दा हाल पाँच कम्पनीका दुईपाँग्रे सवारी साधन नेपालमा एसेम्बल हुन थालिसकेका छन् ।


Share:
Reaction :
ताजा समाचार
खेलकुद