Media Network

कोभिड १९ विरुद्धको १९ लाख डोज बढी खोपको म्याद गुज्रिदै


खबरस्टोरी संवाददाता

२ कार्तिक २०७९,बुधबार

काठमाडौं । कोरोनाविरुद्धको खोप अभियान सुस्त भइरहेका बेला सरकारसँग मौज्दात रहेको कोभिड १९ विरुद्धको १९ लाख डोज बढी खोपको म्याद नोभेम्बरको अन्तिममा गुज्रिने भएको छ ।

अहिले देशभरका कोल्डचेनमा रहेको ६३ लाख १७ हजार २०६ डोजमध्ये १९ लाख २३ हजार ९८६ डोज फाइजर खोपको आगामी नोभेम्बरमा म्याद गुज्रिने भएको हो । म्याद गुज्रिन लागेको सो खोप नेपाललाई कोभ्याक्स सुविधामार्फत प्राप्त भएको हो ।

१९ लाखमध्ये ९ लाख ५५ हजार १२७ डोज १२ वर्ष माथिका नागरिकमा प्रयोग हुने र ९ लाख ६८ हजार ८५९ डोज ५ देखि १२ वर्षसम्मका बालबालिकामा प्रयोग हुने खोप हो ।  

देशभरका कोल्डचेनमा गरी अहिले ४३ लाख ५७ हजार ९२५ लाख डोज भेरोसेल, ३५ हजार २५९ डोज जोन्सन एन्ड जोन्सन, १९ लाख २३ हजार ९८६ डोज फाइजर खोप मौज्दात रहेको छ।
त्यसमध्ये भेरोसेल खोपको म्याद अझै एक वर्ष बाँकी छ । जोनसन एन्ड जोनसन र फाइजर खोपको भने एक महिनापछि म्याद गुज्रिँदैछ । यसअघि पनि ३ लाख बढी एस्ट्राजेनेका खोप म्याद गुज्रिएर खेर गएको थियो ।

तर, म्याद गुज्रिएर खेर गएको खोपको विवरण अहिलेसम्म जिल्लाहरूले शाखालाई उपलब्ध गराएका छैनन।

Share:
Reaction :
ताजा समाचार
खेलकुद