Media Network

प्रचण्डकी पत्नी सीता दाहाल अस्पताल भर्ना


खबरस्टोरी संवाददाता

२ कार्तिक २०७९,बुधबार


काठमाडौं । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डकी पत्नी सीता दाहाल अस्पताल भर्ना भएकी छिन् ।

सीताको स्वास्थ्यमा समस्या आएपछि ललितपुरको मेडिसीटी अस्पताल भर्ना गरिएको छ । अस्पताल स्रोतका अनुसार सीताको आइसीयूमा उपचार भइरहेको छ ।
‘स्वास्थ्यमा समस्या आएपछि आज अस्पताल भर्ना हुनुभएको हो । अहिले आइसीयूमा उपचार भइरहेको छ,।

सीता लामो समयदेखि पार्किन्सन जस्तै लक्षण भएको प्रोग्रेसिभ सुप्रान्युक्लियर पाल्सी ९पीएसपी० रोगबाट पीडित छन् । सीता मधुमेह र उच्च रक्तचापबाट समेत पीडित छिन् ।

Share:
Reaction :
ताजा समाचार
खेलकुद