Media Network

प्रचण्डकी पत्नी सीता दाहाल अस्पतालबाट डिस्चार्ज


खबरस्टोरी संवाददाता

१४ कार्तिक २०७९,सोमबार

काठमाडौं । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डकी पत्नी सीता दाहाल डिस्चार्ज भएकी छिन् ।सीताको स्वास्थ्यमा समस्या आएपछि १५ दिनअघि ललितपुरको मेडिसीटी अस्पताल भर्ना गरिएको थियो ।

स्वास्थ्यमा सुधार आएपछि डिस्चार्ज गरिएको उनको छोरी गंगा दाहालले जानकारी दिएकी छिन् ।

आज १५ दिनको हस्पिटल बसाइँपछि स्वास्थ्य लाभको कामना गर्नुहुने शुभेच्छुकहरुको माया र आशिर्वादले ममीको स्वास्थ्यमा सुधार आइ आज फेरि डिस्चार्ज गरि घर ल्याइएको हो।

सीता लामो समयदेखि पार्किन्सन जस्तै लक्षण भएको प्रोग्रेसिभ सुप्रान्युक्लियर पाल्सी (पीएसपी) रोगबाट पीडित छन् । सीता मधुमेह र उच्च रक्तचापबाट समेत पीडित छिन् ।

स्नायुरोग विशेषज्ञहरुले दिएको जानकारी अनुसार सीतालाई लागेको रोक मस्तिष्कमा लाग्ने रोग हो । यो रोग निकै कम मानिसमा देखिने गर्दछ ।

Share:
Reaction :
ताजा समाचार
खेलकुद