Media Network

समृद्धि फाइनान्सको बुटवल शखाद्धारा रक्तदान कार्यक्रम सम्पन्न


खबरस्टोरी संवाददाता

२९ फाल्गुन २०७९,सोमबार

काठमाडौं।समृद्धि फाइनान्सले आईतबार शाखा कार्यालय बुटवलबाट रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । रक्तदान जिवनदान भन्ने नारालाई आत्मसात गर्दै कार्यक्र आयोजना गरिएको हो । उक्त कार्यक्रम शाखाको प्रागणमा सम्मन्न गरिएको थियो । फाल्गुण १८ बाट सुरु गरिएको कार्यक्रम फाइनान्सको ७ वटा शाखाहरुबाट यस अघिनै सम्पन्न गरिसकेको संस्थाले जनाएको छ । 

नेपाल राष्ट्र बैंकबाट “ग” वर्गको इजाजतपत्र प्राप्त राष्ट्रिय स्तरको समृद्धि फाइनान्स कम्पनी लिमिटेडले हाल आठ वटा शाखाहरु मार्फत कारोबार गर्दै आएको छ भने आर.टि.जि.एस, आइपीएस, कनेक्ट आइपीएस, रेमिटान्स, क्लियरिङ्ग लगायतका बैंकिङ्ग र मोवाइल बैंकिङ्ग, डेबीट कार्ड, क्यू.आर कोडजस्ता डिजिटल सुविधाहरु  प्रदान गरिरहेको छ । 

Share:
Reaction :
ताजा समाचार
खेलकुद