Media Network

अफगानिस्तानमा डेपुटी गर्भनरको अन्त्येष्टि स्थलमा विस्फोट हुदाँ ११ जनाको मृत्यु


खबरस्टोरी संवाददाता

२६ जेष्ठ २०८०,शुक्रबार

काबुल । अफगानिस्तानको बदख्सान प्रान्तका पूर्व डेपुटी गभर्नरको अन्त्येष्टि स्थल नजिकै भएको विस्फोटमा परी ११ जनाको मृत्यु भएको छ ।

टोलो न्युजका अनुसार बदख्सानको फैजाबादस्थित नवाबी मस्जिदमा भएको सो विस्फोटमा परी ५० भन्दा बढी घाइते भएका छन् । आक्रमणकारीहरुको अझै पत्ता लाग्न सकेको छैन ।

गत मङ्गलबार बिहान भएको आत्मघाती हमलामा बदख्सानका डेपुटी गभर्नर निसार अहमद अहमदीको मृत्यु भएको थियो, सो गर्भनरको अन्त्येष्टीमा सहभागी हुन पुगेकाहरुलालाई लक्षित गरी सो बिष्फोट गराउँदा थप ११ जनाको मृत्यु भएको हो ।

अफगान गृह मन्त्रालयका प्रवक्ता अब्दुल नाफी ताकोरका अनुसार बिहीबार नबावी मस्जिद नजिकै भएको विष्फोटमा एक पूर्व तालिबानी प्रहरी अधिकारीको मृत्यु हुनुका साथै अन्य ३० भन्दा बढी घाइते भएका छन्।

हालसम्म कुनै पनि आतंकवादी संगठनले सो आक्रमणको जिम्मेवारी लिएको छैन।


Share:
Reaction :
ताजा समाचार
खेलकुद