Media Network

बेलारुसमा आणविक हतियार भण्डारण गर्दै रुस


खबरस्टोरी संवाददाता

१२ चैत्र २०७९,आईतवार

काठमाडौं । रुस कित्तामा उभिएको रुसको छिमेकी बेलारुसमा रुसले आफ्ना आणविक हतियार भण्डारण गर्ने भएको छ।

रुसी राष्ट्रपति भ्लाडिमिर पुटिनले रुसको टेलिभिजन च्यानल रसिया २४ सँग बोल्दै पुटिनले यस्तो घोषणा गरेका हुन् ।

रुसी सरकारी विश्व च्यानल आरटीका अनुसार आगामी जुलाई १ (असार १६) भित्र भण्डारणको प्रक्रिया सकिने पुटिनले सार्वजनिक गरेका छन् ।

बेलारुसमा रुसका चुस्त आणविक हतियार भण्डारण हुने पुटिनले उल्लेख गरेका छन् ।

हालसालै बेलायतले युक्रेनलाई अतिरिक्त हतियार सहयोग घोषणा गरेपछि पुटिनको आणविक हतियार भण्डारण कार्यक्रम सार्वजनिक भएको हो।

अमेरिकाले आफ्ना आणविक हतियारहरू बेल्जियम, जर्मनी, नेदरल्यान्ड, इटाली र टर्कीमा भण्डारण गरिएको उदाहरण दिँदै रुसी मिडियाले रुसले बेलारुसमा गर्न लागेको आणविक हतियार भण्डारण त्यस्तै कदम भएको तर्क गरेका छन् ।

पुटिन समर्थक बेलारुसी राष्ट्रपति एलेक्जेन्डर लुकासेन्कोले आफ्नो देशमा आणविक असुरक्षा भएको पटक पटक भन्दै आएपछि रुसको यस्तो कदम आएको रुसी मिडियामा उल्लेख गरिएको छ।


Share:
Reaction :
ताजा समाचार
खेलकुद