Media Network

करिब साढे तीन सय जनाको ज्यान गएका विमान दुर्घटनाबारे बोइङले अदालतमा जवाफ दिने


खबरस्टोरी संवाददाता

१२ माघ २०७९,बिहीबार

काठमाडौँ।विमान उत्पादक कम्पनी बोइङले ३४६ जनाको मृत्यु हुनेगरी भएका दुईवटा जहाज दुर्घटनाका विषयमा उसमाथि लागेको ठगीको आरोपबारे अदालतमा जवाफ दिँदैछ।

दुवै दुर्घटना बोइङ ७३७ म्याक्स विमानको फ्लाइट कन्ट्रोल सिस्टममा त्रुटिका कारण भएका थिए।

बोइङले प्रणालीको बारेमा जानकारी खुलाउन असफल भएको फेला पारिएको थियो तर उक्त कम्पनी जरिवाना र क्षतिपूर्तिबापत दुई अर्ब ५० करोड डलर तिर्न सहमत भएर परीक्षणबाट बच्यो।

तर ती उडानहरूमा मारिएका व्यक्तिका आफन्तहरूले उक्त मुद्दालाई पुनः खुलाउने प्रयास गरिरहेका छन्।

त्यसको अर्थ हो( पहिलो पटक विमान निर्माता कम्पनीलाई दुईवटा दुर्घटनाको सम्बन्धमा अदालतमा औपचारिक रूपमा आरोप लगाइनेछ।

बोइङले यसअघि अमेरिकी न्याय मन्त्रालयसँग जरिवाना र क्षतिपूर्तिको रकम तिर्ने गरी गरिएको सम्झौताको पुनः सुनुवाइ गरिने कुराको विरोध गरेको थियो।

उसले त्यसो गर्नु अभूतपूर्व, काम नबन्ने र असमान हुने बताएको थियो।

उसले अभियोगबारे टिप्पणी गर्न अस्वीकार गरेको छ।

Share:
Reaction :
ताजा समाचार
खेलकुद