Media Network

राहुलको सांसद पद खारेजको विरोधमा कांग्रेस सांसदहरुले लगाए कालो पोशाक


खबरस्टोरी संवाददाता

१३ चैत्र २०७९,सोमबार

काठमाडौं । राहुल गान्धीको सांसद पद खारेज गरेको विरोधमा कांग्रेसले लोकसभामा विरोध गरेको छ ।

सोमबारको लोकसभाको बैठक सुरु हुनासाथ कांग्रेस सांसदहरु सभामुख भएतिर गएका थिए । त्यसक्रममा केहीले कागजको टुक्रा सभामुखतर्फ फालेको देखिन्छ ।

सोमबारको बैठकमा कांग्रेसका सांसदहरु कालो कपडा लगाएर गएका थिए । कांग्रेसका पूर्व अध्यक्ष सोनिया गान्धी पनि कालो रंगको कपडामा देखिएकी छन् ।

कांग्रेस सांसदहरुको विरोधका कारण संसद बैठक एक मिनेटमै स्थगित गरिएको छ ।

प्रधानमन्त्री नरेन्द्र मोदीविरुद्ध अपशब्द प्रयोग गरेको भन्दै राहुल गान्धी विरुद्ध अदालतले दुई वर्ष जेल सजायँ तोकेको थियो । उनी १० हजार रुपैयाँ धरौटीमा रिहा भएका छन् ।

गान्धी केरलाको वाडनाड लोकसभा सिटमा निर्वाचित भएका थिए । भारतीय संविधानको धारा १०२ (१) र जनप्रतिनिधित्व अधिनियम १९५१ अनुसार अदालतले सजाय सुनाएकै दिन २३ मार्च २०२३ देखि उनको सांसद पद खारेज भएको छ ।

Share:
Reaction :
ताजा समाचार
खेलकुद