Media Network

रुसले अमेरिकाको दुई वटा लडाकु विमान खसाल्यो


खबरस्टोरी संवाददाता

१० जेष्ठ २०८०,बुधबार

काठमाडौं । रुसले आफ्नो राज्य (बाल्टिक सागर)माथि उडिरहेको अमेरिकाको वायुसेनाको दुई विमान खसालिदिएको छ ।

रुसको रक्षा मन्त्रालयले एक विज्ञप्ति जारी गर्दै आफ्नो राज्यमाथिको सीमा उल्लंघन रोक्न अमेरिकाको लडाकु विमान खसालिदिएको बताएको छ ।

रूसी लडाकुको टोलीले अमेरिकी वायुसेनाको दुई लडाकु विमानलाई रणनीतिक बम वर्षकको रूपमा लिएको छ । यता पेन्टागनका प्रवक्ता ब्रिगेडियर जनरल प्याट राइडरले पनि अमेरिकी विमानलाई रुसले रोकेको स्वीकार गरेका छन् ।

उनले उक्त सुरक्षित र व्यावसायिक भएको बताउँदै विश्वका विभिन्न देशमा नियमित रूपमा उडान भरिरहेको बताएका छन् । यसअघि मार्चमा पनि एक अमेरिकी निगरानी ड्रोन रूसी जेटहरूले दुर्घटना गराएका थिए ।


Share:
Reaction :
ताजा समाचार
खेलकुद