Media Network

सिएनएनका सिइयो लिच्टले दिए राजिनामा


खबरस्टोरी संवाददाता

२५ जेष्ठ २०८०,बिहीबार

न्युर्योक । अमेरिकी प्रसारक सीएनएनका प्रमुख कार्यकारी अधिकृत (सीईओ) क्रिस लिच्टले राजीनामा दिएका छन् ।

न्यूयोर्क पोस्टका अनुसार सिएनएनका कर्पोरेट अभिभावक वार्नर ब्रदर्स डिस्कवरीले क्रिस लिच्टले दिएको राजीनामा तुरुन्तै कार्यान्वयन गरिएको जानकारी दिएका छन् । लिच्टले गत मे २०२२ मा सीईओ भएर पदभार ग्रहण गरेका थिए ।

उनले कर्मचारीहरूलाई दिइएको जानकारी अनुसार अन्य अवसरका लागि सिएनएनबाट अचानक राजीनामा दिनु परेको हो । वार्नर ब्रदर्स डिस्कभरीका सीईओ डेभिड जास्लाभ र वार्नर ब्रदर्स डिस्कभरीका अन्य कार्यकारीहरूलाई साथ दिएकोमा उनले धन्यवाद दिएका छन् ।


Share:
Reaction :
ताजा समाचार
खेलकुद