Media Network

उडिसा रेल दुर्घटनाको ५१ घन्टापछि एक तर्फी रेल सेवा सुचारु


खबरस्टोरी संवाददाता

२२ जेष्ठ २०८०,सोमबार

उडिसा । उडिसा रेल दुर्घटना पछि अबरुद्ध हुन पुगेको रेल सेवा ५१ घन्टा पछि सुचारु भएको छ ।बालासोर जिल्लाको बहंगा बजारमा शुक्रबारको भीषण रेल दुर्घटना पछि पूर्वी र दक्षिणी भारतलाई जोड्ने रेल सेवा अबरुद्ध हुन पुगेको थियो ।

हटाइएको तथा रेल सेवाहरू सुचारु गर्नका लागि दुईवटा ट्र्याकहरू मर्मत गरिए पछि सो बाटो हुदै जाने रेल सेवा सुचारु भएको हो । आइतबारदेखि एक लाइनको रेल सेवा सञ्चालनमा आएको थियो ।

सो भयानक दुर्घटना पछि घटनास्थलमा रहेका रेल मन्त्री रेल मंत्री अश्विनी वैष्णव आफैं उपस्थित भएर रेल्वे सेवा सुचारु गराएका थिए । सो दुर्घटनाको ५१ घन्टा पछि मालगाडी पास भएका छन् ।गत शुक्रबार राती तीनवटा रेल एक आपसमा ठोक्किदा २ सय ७५ भन्दा बढीको मृत्यु भएको थियो भने ११ सय भन्दा बढी घाइते भएका थियो ।


Share:
Reaction :
ताजा समाचार
खेलकुद