Media Network

युक्रेनको ठूलो आक्रमणलाई विफल बनाएको रुसको दाबी


खबरस्टोरी संवाददाता

२३ जेष्ठ २०८०,मंगलवार

काठमाडौं । रुसले युक्रेनको ठूलो आक्रमणलाई विफल बनाएको दाबी गरेको छ । यदि त्यो आक्रमण नरोकेको भए २५० जनाको ज्यान जान सक्ने र एक दर्जन बढी सवारी साधनहरु ध्वस्त हुन सक्ने रुसको दाबी छ ।

एक भिडियो सार्वजनिक गर्दै रुसले उक्त दाबी गरेको बीबीसीले जनाएको छ । भिडियोमा खेतमा तैनाथ रुसी सैनिकका गाडीहरुमा आगो दन्किरहेको देखिन्छ । ‘यद्यपि रुसले गरेको यो दाबी स्वतन्त्र रुपमा पुष्टि हुँदैन,’ बीबीसीले भनेको छ ।

सोमबारसम्म युक्रेनको सेनाले भने यस प्रकारको आक्रमणको कुनै जानकारी दिएको छैन । युक्रेनका सेनाका प्रवक्ताले समाचार एजेन्सी रोयटर्ससँगको कुराकानीमा यसबारे आफू अनभिज्ञ रहेको बताएका छन् । उनले भनेका छन्, ‘हामीलाई यसको कुनै जानकारी छैन र यसप्रकारका गलत कुरामा टिप्पणी पनि गर्दैनौं ।’

रुसको रक्षा मन्त्रालयले भने युक्रेनले आइतबार दोनेत्स्क क्षेत्रमा ६ वटा मेसिन र दुई ट्यांक बटालियनमार्फत् ठूलो आक्रमण गरेको दाबी गरेको छ ।

यसबारे बीबीसीको टिप्पणी छ– रुसले आक्रमण गरेको भनेर भारी गोलाबारीको चपेटामा आएका बख्तरबन्द गाडीहरुको भिडियो फुटेज यदि सत्य हो भने युक्रेनका सेनाले आगामी दिनमा रुसको कडा प्रतिरोध सामना गर्नुपर्ने स्पष्ट छ । तर यदि यो भिडियो र रुसले गरेको दाबी असत्य हो भने रुसले आफूविरुद्धको नकारात्मक दृष्टिकोणलाई बदल्न गरेको कोसिस हुनसक्छ ।

Share:
Reaction :
ताजा समाचार
खेलकुद