Media Network

युक्रेनमा विमान खसाल्ने तीन जनालाई आजीवन कैद


खबरस्टोरी संवाददाता

२ मंसिर २०७९,शुक्रबार

आम्सटर्डम्स । एउटा डच अदालतले सन् २०१४ मा २९८ जनाको ज्यान जानेगरी पूर्वी युक्रेनको आकासमा एउटा यात्रुवाहक विमानलाई क्षेप्यास्त्र प्रहार गरी खसाल्ने तीनजनालाई हत्या अभियोगमा दोषी ठहर गरेको छ । 

अदालतले रुसी अधिनस्थ क्षेत्रमा रहेको एउटा सशस्त्र समूहले रुसले आपूर्ति गरेको क्षेप्यास्त्र प्रयोग गरी कल साइन एमएच १७ बोकेको विमान खसालेको पत्ता लगाएको हो । 

दोषी ठहराइएकामध्ये दुईजना रुसी र एकजना युक्रेनी नागरिक रहेका छन् । ती अभियुक्तहरूको अनुपस्थितिमा अदालतले उनीहरूलाई आजीवन काराबास सजाय सुनाएको हो । तर अभियोग लगाइएका तेस्रो रुसीलाई भने सफाइ दिइएको छ । 

त्यतिबेला क्षेप्यास्त्र प्रहार गरिनु युक्रेनको सबैभन्दा कुख्यात युद्ध अपराधमध्ये एक थियो । हिंसाको अभियोग लगाइनु अघिसम्म झण्डै नियमित जस्तो त्यहाँ क्षेप्यास्त्र प्रहार हुने गरेको थियो ।


Share:
Reaction :
ताजा समाचार
खेलकुद