Media Network

सुनचाँदी व्यवसायको प्रष्ट नीति नहुनु नै व्यवसायीको लागि ठुलो बनेको छ ।


अञ्जन बस्नेत

२८ मंसिर २०७९,बुधबार

काठमाडौँ। अहिले विश्वबजारमा नै मंहङ्गी आकाशियको छ । क्रमिक रुपमा विश्व अर्थतन्त्रमाथि कोभिड महामारी र त्यसपछिको युक्रेन–रुसको गुहयुद्धले एक खालको दबाब सिर्जना गरेको छ ।

यतिबेला विश्व अर्थतन्त्रमा आएको नकारात्मक असरको ठाडो असर नेपाली अर्थतन्त्रमा देखा परिरहेको छ । 

नेपाल सरकार ,बैंकर्स संघ,उद्योग वाणिज्य महासंघ तथा सुनचाँदी महासंघ लगायतका व्यवसायहरुमा प्रत्यक्ष रुपमा संलग्न व्यापारी घरानालाई ठुलो चुनौती बनेको छ ।

 सरकार तथा बैंकर्स संघको नीति नियममा अहिले व्यवसायिहरु निकै आक्रोशमा रहेका छन् ।

सरकारले विदेशी मुद्रा सञ्चितिको लागि भन्दै विलासी बस्तु आयातमा लामो समय देखि रोक लगाएको केहि समय नबित्दै मान्त्रिपरिषद्ले निर्णय सच्याउदै आयातमा लगाएको प्रतिबन्ध हटाएको छ । मुलुकमा विदेशी मुद्राको सञ्चिति घटिरहेकाले सरकारले कार, मोटरसाइकल, रक्सी र मोबाइलको आयातमा रोक लगाएको थियो । सुनको दैनिक आयात सीमा घटाएको छ भने चाँदीको भन्सार कर बढाएको थियो  ।

अहिले बजारमा सुन बिभिन्न बैंकहरु मार्फत १० किलो सुन आपूर्ती हुँदै आएको छ । यो अहिले सुनचाँदीको सिजनमा बजारको मागको एक तिहाई मात्र रहेको छ । मुख्यतया नेपालमा दुवई, स्विजरल्याण्ड, टर्की,अष्ट्रेलिया लगायतका मुलुकबाट सुनको आयात भइरहेको छ ।

अहिले सबैभन्दा बढी रुचाइएको धनको स्वरूपमा सुन रहेको छ। । कहिल्यै पनि नमाासिने, चमकदार, पवित्र र मूल्यवान धातुका रूपमा छ।

धार्मिक, सांस्कृतिक, आर्थिक, सामाजिक व्यवहारलगायत अहिले नयाँ नयाँ ग्याजेटहरू बनाउने औद्योगिक उत्पादनमा पनि सुनको प्रयोग बढेको छ । 

सरकारले सुँनचाँदी व्यवसायसम्बन्धी स्पष्ट नीति नल्याउँदा सुनचाँदी व्यवसाय धरासायी बन्दै गएको छ । कच्चा पदार्थको सुलभ आयात नहुनु ,बढ्दो करको नीति तथा मुनाफाको विषयलाई सरकारले नजरअन्दाज गर्दा सुनचाँदी व्यवसायीहरुको प्रतिनिधित्व गर्ने सुनचाँदी महासंघले लामो समयदेखि सरकारसंग आग्रह गर्दै आइरहेको छ । 

अर्थ मन्त्रालय र उद्योग वाणिज्य मन्त्रालयमा सुनचाँदी व्यवसायसम्बन्धी स्पष्ट नीति तथा व्यवसायिहरुका समस्या लगायतका विषयमा नेपाल सुनचाँदी व्यवसायी महासंघको आगामी योजना तथा क्रियाकलापहरुका विषयमा केन्द्रित रहेर महासंघका अध्यक्ष माणिकरत्न शाक्यसँग गरिएको कुराकानी 

बजारमा सुनचाँदी व्यवसायीहरुको हालको अवस्था र व्यवसायको चुनौतीहरु के के हुन् ?

समस्या नभएको व्यवसाय नै हुँदैन । जुनसुकै व्यवसायमा समस्या र चुनौतिहरु उत्तिकै हुने गर्दछ । अधिकार र कर्तव्य भनेझैं व्यवसाय र चुनौतिहरु हुने गर्दछ ।व्यवसाय गर्दै गर्दा परिस्थितिले ल्याउने समस्या तथा चुनौतीहरुलाई पार लगाउदै गएपछि मात्र व्यसाय सफल बन्छ ।

अहिले नेपालमा जुन किसिमले सुनचाँदी व्यवसाय सञ्चालन भइरहेको छ ,यसको प्रमुख समस्या भनेको सुनचाँदी सञ्चालन गर्ने स्पष्ट ऐन नहुनु हो । यातायात व्यवसाय,निमार्ण व्यवसाय,उद्योग ऐन जस्तै छुट्टै ऐन नहुँदा सुनचाँदीमा व्यसायमा दिनानुदिन चुनौति थपिदै गइरहेको छ । व्यवसायीहरुलाई मार्गनिर्देशन गर्ने स्पष्ट नीति नियम नहुँदा सुनचाँदी व्यवसायमा झन समस्या थपिदै गएको छ ।

सुनचाँदीको कच्चा पदार्थको आपूर्ती कसरी गर्ने ,यसको प्रशोधन,बिक्री वितरण ,व्यवसायीको ज्यालादर र मुनाफसम्बन्धि स्पष्ट्र नीति नहुँदा व्यवसायीहरुमा मनलाग्दी भइरहेको छ ।

सरकारले सुनचाँदीलाई उपभोग्य वस्तु हो की?,सम्पति हो की?,लगानी गर्ने क्षेत्र हो की? नतोक्दा सुनचाँदी व्यवसायको प्रवर्धन हुन सकेको छैन। अहिले जनताले भोलीको दिनमा उपभोग गर्नको लागि आज कच्चा सुन किन्न पाउने नीति रहेको छैन। यस्तो अस्पष्ट नीति भएको व्यवसायमा समस्या हुनु अस्वभाविक भन्न सकिदैन् ।अहिले पनि व्यवासायमा कच्चा पदार्थको आयात निर्यात कसरी गर्ने ,प्रशोधन कसरी गर्ने, स्थानिय बजारमा किनबेच कसरी गर्ने ,ढलोट राखेर कर्जा पाइने नपाइने,ज् याजादर कति तोक्ने र मुनाफा कति राख्ने भन्ने बिषय नै प्रमुख समस्याका रुपमा रहेका छन् ।

सुनचाँदी व्यवसाय महासंघले सरकारसंग सुलभ र प्रभावकारी आपूर्ती गर्न कस्तो समन्वय गरिरहेको छ?

सुनचाँदी व्यवसायी महासंघ र सरकारबीच सुनचाँदी आपूर्तिको विषयलाई लिएर राम्रो समन्वय भइरहेको छ । नेपाल सरकारको अर्थ मन्त्रालय,उद्योग वाणिज्य तथा आपूर्ती मन्त्रालय र नेपाल राष्ट्र बैंकसँग सुनचाँदी व्यवसायीको हकहितको लागि नीति निमार्ण तथा सञ्चालनलाई लिएर समन्वय भइरहेको छ ।सरकारले व्यवसाय सञ्चानलको लागि स्पष्ट नीति ल्याउन पर्छ भनेर हामी लागि परेका छौ । बिडम्बना अहिले नेपालको अर्थतन्त्रमा केहि समस्या देखा परेको कारण सम्बोधन हुन सकिरहेको छैन। अर्थतन्त्रमा परेको असर सोझै अहिले व्यवसायीमाथि पर्न गएको छ ।देशमा अहिले विदेशी मुद्रा सञ्चिति घट्दै गइरहेको छ । देशमा आयातमात्र बढ्दै जाने हो भने देश टाट पल्टिने अवस्थामा पूग्ने भनेर सरकारले केहि बस्तुहरु आयातमा प्रतिबन्ध लगाएको थियो । त्यस प्रतिबन्धमा सुनचाँदी आयातमा पनि कोटा लगाइएको थियो ।अहिले सरकारले आयात प्रतिबन्ध खुल्ला गरेसंगै सुनचाँदीमाथि लगाइएको कोटा हट्ने विश्वास रहेको छ ।अहिले को सम्बन्धित निकायसंग बजारमा सुनचाँदीको मागलाई हेरेर आपूर्ती गरिदिन समन्वय गरिरहेको छ । 

१० किलो सुन आपूर्तीले बजारको माग धान्न सक्छ त?

बजारमा अहिले सुनको माग ३५–४० केजी प्रतिदिन रहेको छ ।तर बजारमा अहिले प्रतिदिन १० केजीमात्र आपूर्ती भइरहेको छ । चाडपर्व र बिवाहको समय भनेको सुनचाँदी व्यवसायको व्यापार उच्च हुने समय हो ।यस समयमा प्रर्याप्त सुन उपलब्ध नहुँदा व्यवसायीहरु मारमा परेका छन् । व्यापार हुने समयमा सुन नहुँदा उनीहरुको व्यापार घाटा बढ्दै जाने गरेको छ ।सुनचाँदी व्यवसायी महासंघले राष्ट्र बैंक ,अर्थ मन्त्रालय तथा उद्योग वाणिज्य मन्त्रालयसँग सुनचाँदीको आपूर्ती बजारको माग अनुसारको नीति हुनपर्ने सुझाव दिइसकेको छ । बजारमा मागको बेला प्रयाप्त सुन हुनुपर्छ बजार अनुकुल सुनको आपूर्ती हुनुपर्ने सुनचाँदी व्यवसायी महासंघको माग रहेको छ । यसले सुनचाँदी व्यवसायीलाई मार पर्न दिने छैन। सुनचाँदीको आपूर्ती घटाउँदा राजश्व संकलनमा पनि असर देखा परेको छ । बैंकहरुले १ केजी सुनको आपूर्ती गर्दा सरकारलाई साढे आठ लाख राजश्व तिर्न पर्दछ । सुन आयात गर्दा एक लटमा ५० केजी  आउने हुँदा सरकारलाई राजश्व मात्र साढे ४ करोड राजश्व संकलन हुने थियो तर अहिले सरकारले कोटा लगाईदिँदा राजश्व संकलनमा गिरावट देखिएको छ ।

सुनचाँदी व्यवसायीहरु कर्जाको अवस्था कस्तो छ ?

व्यवसायीहरुले व्यवसाय सञ्चालन गर्न कर्जा लिने कुरा सामान्य नै रहेका छन् ।उद्योग व्यवसायी जसतो ठुलो परिमाणमा कर्जा लिएको अवस्था भने हुने छैन। व्यवसायमा कोटा तोकिदिएर प्रयाप्त व्यापार नहुँदा कर्जा लिउको व्यवसायीलाई भने मर्का नै परेको छ । अहिले बैंक तथा वित्तियसंस्थाहरुमा आर्थिक तरलताको अभाव हुँदा राष्ट्र बैंकले ल्याएको नीतिले झनै व्यवसायीहरुमा आर्थिक समस्या देखिन थालेको छ । बैंकहरुले ब्याजदरमा अधितम वृद्धि गर्नुका साथै जारी कर्जा निर्देशिकाले सबै क्षेत्रका व्यवसायीहरुमा आर्थिक समस्या उत्पन्न गरिदिएको छ ।यसको प्रभाज सुनचाँदी व्यवसायीमा पनि परेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले बढ्दो ब्याजदरको विषयलाई लिएर राष्ट्र बैंकलाई सुझाव दिइसकेको छ ।

सुनचाँदी व्यवसायी र बैंकहरुबीच कस्तो सम्बन्ध छ? बैंकिङ सेवा कतिको प्रभावकारी छ?

सुनचाँदी व्यवसायी र बैंकहरुसंग सधै सुमधुर सम्बन्ध नै हुने गर्दछ ।राष्ट्र बैंकले ल्याएको नीतिले अहिले केहि मात्रामा ऋणी व्यवसायी र बैंकबिच सम्बन्ध बिग्रनु स्वभाविक नै मान्नुपर्दछ ।सुनचाँदी व्यवसायीहरुले बैंकहरुसंग नै सुनचाँदी किन्न पर्ने भएकाले सम्बन्धमा थप सुमधुर भइरहेको हुने छ ।बैंकहरुसंग कर्जा ओडी लिएर व्यवसायीहरुले व्यवसाय गर्दै आएका छन् ।अहिले बैंकहरुले थप सहुलियत कर्जा ,महिला व्यवसायीको लागि  विशेष कर्जा र व्यवसायीक कर्जा दिइरहेको छ ।

सरकारले सुनचाँदी व्यवसाय प्रति कस्तो नीति ल्याउन पर्ला?

सरकारले सुनचाँदी व्यवसायका लागि छुट्टै स्पष्ट्र नीति ल्याए व्यवसाय मर्यादित हुने थियो ।स्पष्ट्र नीति भन्नाले कच्चा सुनचाँदीको आयत निर्यात ,प्रशोधन, स्थानिय बजारमा बिक्री वितरण,ज्यालादर र मुनाफा सबैलाई तोकिदनिे नीति नै स्पष्ट्र नीति हो ।सुनचाँदी व्यवसायीहरुलाई नियमन गर्ने र आवश्यक परामर्श दिने नीति हुनुपर्दछ ।एउटा नँया व्यवसायी सुनचाँदी व्यवसायमा आउदै गर्दा उसको लगानिको क्षमता, दक्ष जनशत्तिको अवस्था ,सुनचाँदी व्यवसायप्रतिको उसको ज्ञान लाई मध्यनजर गर्दै सुनचाँदी व्यवसायसम्बन्धि शिक्षा प्रदान गरिमात्र व्यवसाय थालनी गर्ने हुनपर्छ। यसले व्यवसाइलिाई व्यवसायमा थप मद्दतको साथै व्यवसायलाई मर्यादित बनाउने कार्य गर्दछ । व्यवसायीहरु सबै एकैनाशका हुँदैनन् केहि फटाहाहरु पनि हुने गर्दछन् । उनिहरुलाई बाध्ने नीति हुनु आवश्यक पर्दछ । व्यवसायीहरुको अवस्था हेरेर सञ्चालन गर्ने नीति ल्याउँदा व्यवसायीमात्र होइन उपभोत्तालाई समेत सहज वातावरण सृर्जना हुने छ । सुनचाँदी व्यवयायलाई लिएर बल्ल २०७५ सालमा सुन चल सम्पतिको रुपमा परिमार्जन गरि नेवारी संहितामा राखिएको छ। 

Share:
Reaction :
ताजा समाचार
खेलकुद