Media Network

इंग्ल्यान्ड बन्यो ट्वान्टी-२० विश्वकप च्याम्पियन


खबरस्टोरी संवाददाता

२८ कार्तिक २०७९,सोमबार

काठमाडौँ। ब्याटसम्यान बेन स्टोक्सको बहादुरीपूर्ण प्रदर्शनको मद्दतले इंग्ल्यान्डले पाकिस्तानलाई पाँच विकेटले पराजित गर्दै आइतबार ट्वान्टी-२० विश्वकप जितेको छ । इंग्ल्यान्ड वान डे विश्वकपको पनि च्याम्पियन हो ।

यस्तैमा इंग्ल्यान्ड वान डे तथा ट्वान्टी-२० विश्वकप दुवैको एकै समय विजेता रह्यो र दुर्लभ उपलब्धी आत्मसात् गर्न सफल रह्यो ।

मेलबर्न क्रिकेट मैदानमा जितका लागि १ सय ३८ रनको लक्ष्य पाएको इंग्ल्यान्डले १९ ओभरमा पाँच विकेट गुमाएर विजयी रन बनायो । स्टोक्सले दबाबको स्थितिमा ५२ रन बनाउँदै नटआउट रहे । ट्वान्टी-२० क्रिकेटमा उनको यो पहिलो अर्धशतक हो । उनलाई मोइन अलिले बलियो साथ दिए र उनले महत्त्वपूर्ण १९ रन बनाए । त्यसअघि कप्तान जस बटलरलले २६ रन बनाएका थिए ।

पाकिस्तानी बलर साहीन अफ्रिदी चोटका कारण मैदान छाड्न बाध्य रहेपछि खेल इंग्ल्यान्डको पक्षमा मोडिएको हो । इंग्ल्यान्डले टस जितेर पहिले फिल्डिङको निर्णय गरेको थियो । त्यस क्रममा उसले कसिलो बलिङ तथा सटिक फिल्डिङको मद्दतले पाकिस्तानलाई २० ओभरमा आठ विकेट गुमाएर १ सय ३७ रनमा रोकेको थियो ।

पाकिस्तानका लागि सन मसुदले ३८ रन बनाए र यो नै व्यक्तिगत उच्च स्कोर रह्यो । यस्तै कप्तान बाबर आजमले ३२ तथा सादब खानले २० रन बनाए । पाकिस्तानले नियमित अन्तरमा विकेट गुमाएपछि चुनौतीपूर्ण स्कोर खडा गर्न सकेन । इंग्लिस बलरमध्ये साम करन सबैभन्दा सफल रहे र उनले १२ रनमा तीन विकेट लिए । यस्तै अदिल रसिद र क्रिस जोर्डनले दुई दुई विकेट हात पारे ।

Share:
Reaction :
ताजा समाचार
खेलकुद