Media Network

जर्मनीको संघर्षपूर्ण जित


खबरस्टोरी संवाददाता

१ मंसिर २०७९,बिहीबार

काठमाडौं । रुसमा सम्पन्न सन् २०१८ को विश्वकपमा गरेको खराब प्रदर्शनलाई भुलाउँदै पुरानो साख फर्काउने अभियानमा रहेको जर्मनीले बुधबार राति ओमानविरुद्ध संघर्षपूर्ण जित निकालेको छ । विश्वकपअघिको मैत्रीपूर्ण खेलमा जर्मनीले ओमानलाई १–० ले हराएको हो ।

जर्मनीको जितमा खेल सकिन १० मिनेट बाँकी हुँदा निकलस फुएलक्रगले गरेको गोल निर्णायक बन्यो । चारपटकको विश्व विजेता जर्मनी गत संस्करणमा समूह चरणबाटै बाहिरिएको थियो । योपटक जर्मनी त्यो खराब प्रदर्शन बिर्साउँदै पुरानो लयमा फर्कने जमर्कोमा छ ।

जर्मनी कतार विश्वकपको समूह ‘ई’मा छ । यो समूहमा जर्मनीले कोस्टारिका, जापान र स्पेनसँग प्रतिस्पर्धा गर्नेछ । जर्मनीले पहिलो खेल यही नोभेम्बर २३ मा जापानविरुद्ध खेल्नेछ । नोभेम्बर २८ मा दोस्रो खेल स्पेनविरुद्ध र डिसेम्बर २ मा तेस्रो खेल कोस्टारिकाविरुद्ध खेल्नेछ ।

गए राति नै सम्पन्न अर्को मैत्रीपूर्ण खेलमा अर्जेन्टिनाले युनाइटेड अरब इमिरेट्स (यूएई)लाई ५–० ले हराएको थियो ।

Share:
Reaction :
ताजा समाचार
खेलकुद