Media Network

नेपाली चिहानमाथिको विश्वकप


अञ्जन बस्नेत

१ मंसिर २०७९,बिहीबार

काठमाडौँ। संयोगवस नोभेम्बर महिना नेपालीहरुको लागि ध्यानाकर्षन गरीरहेको छ ।  कतारमा  नोपाली चिहनामाथिविश्वकप हुदैँछ भने नेपालमा निर्वाचन भए। नयाँ सकार आएदै छ बिडम्बना सरकार फेरिए पनि कतार जाने नेपालीको संख्या भने फेरीने छैन । 

निर्वाचनसंगै विश्वकप शुरु हुँदै छ राजनीतिकर्मीहरु निर्वाचन बहसमा छन् भने फुटबलप्रेमिहरु विश्वकपको बहसमा छ ।यी दुवै एकआपसमा कनेक्ट भएको छैन। 

न त नेपाली राजनीतिले खेलकुद पक्षमा ध्यान दिएको छ भने न कतारले विश्वकप फुटबल आयोजना गर्दा नेपाली आप्रवासीमै ध्यान दिएको छ ।

यस पटकको विश्वकप यसै रोचक बन्दै सबको ध्यान तान्दै थियो । यस पटक नाम चलेका धेरै खुटबलरहरुको अन्तिम विश्वकप रहेको छ भने अझैँ अरवी देशमा आयोजना हुने भएर थप रोचक थपिदिएको थियो। 

अरवी देशमा पहिलो पटक विश्वकप हुन लागेको हो । यहाँको तापक्रमलाई लिएर सबैले कसरी हुन्छ? भनेर प्रश्न गरेका थिए । भौगालिक रुपमा निकै सानो रहेको देश कतारमा विश्वकप आयोजना गर्ने भन्दा सबै चकित भएका थिए । 

जनसंख्या निकै कम र छोटो समयमा कसरी हुन्छ भन्दा त्यहाको सरकारले नेपाली कामदारले बनाउँछन् भनेर अभिव्यक्ति दिएका थिए ।

बेरोजगारको समस्याबात तल्लिन नेपाली रोजगारको लागि अरवी देशमा धेरै नै जाने गरेका छन् । कतारले विश्वकपको पूर्वाधार निमार्ण गर्न हजारौ संख्यामा नेपाली कामदार भित्राएको थियो । 

कतारको कठोर मानवत जसरी नि उसलाई विश्वकप खेलाउनुपर्ने  थियो । नेपालीहरु त्यहा अहोरात्र खटिएर काम गरिरहेका थिए । विश्वकै नजर रहेको कतारमा नेपाली कामदारमाथि भएको श्रम शोषण हेरिरहेका थिए । 

नोभेम्बर महिना नै थियो २०२२ को "द टाइम्स म्याकजिङ"मा पहिलो पृष्ठमा छापिएको एक समचारले विश्व नै तरङ्गित बनायो ।म्यागजिङको पहिलो पृष्ठमा थियो "द डेन्जर गेम" शिर्षकको समाचार,जसले कतामा निमार्णधिन भइरहेको विश्वकपको पूर्वाधारमा नेपालीमाथि भएको ज्यादती र धेरैले गुमाएको ज्यानको उत्थान गरेको थियो ।

त्यसपछि चौतर्फी “खतरनाक खेल“को संगा थिदेँ  कतारले आफ्ना पश्चिमी मित्रहरूलाई ग्यास सहयोग गर्न अस्वीकार गर्यो, र अब यसको विश्वकप सबै प्रगतिशील मानवताका लागि खतरनाक, हानिकारक र घृणित रहेको भन्न थालियो । 

कतारले अप्रिल २०१४ मा, लन्डन–आधारित कानूनी फर्म DLB पाइपर “कतार राज्यमा निर्माण क्षेत्रमा आप्रवासी श्रमिक“ शीर्षकको रिपोर्ट जारी गर्यो। कतार सरकारले आफ्ना विदेशी कामदारमाथिको व्यवहारमा धेरै आरोप लगाएपछि प्रतिवेदन तयार गरेको थियो । सानो खाडी राज्यले खेलकुद जगतलाई चकित पारेको थियो र डिसेम्बर  मा फुटबलको विश्वकप द्दण्द्दद्द लाई सम्मानित गरेपछि छानबिनको दायरामा आएको थियो। सफल बोली भ्रष्टाचार र घूसखोरीको आरोपमा फसेको छ, जसलाई कतारहरूले अस्वीकार गर्छन्। आप्रवासी श्रमशक्तिको शोषणको राम्रोसँग स्थापित आलोचनाको लागि कतारको कमजोरी भनेको निर्विवाद थियो। कतारलाई विश्वकप जिताउने निकाय फिफाले सुरुमा कम पारिश्रमिक पाएका, चर्को छात्रावासमा बस्न बाध्य भएका र उच्च तापक्रममा काम गर्ने मजदुरहरूको आधारमा पाँच स्टेडियमसहितको पूर्वाधार निर्माण हुने कुरामा चासो राखेको थिएन। खतरनाक र असुरक्षित अवस्थामा।

तर जब अन्तर्राष्ट्रिय श्रम संगठन (आईएलओ) ले खाडी राज्यमा आप्रवासी कामदारको मुद्दा उठाउन थाल्यो र उनीहरूलाई विश्वकपमा बाँध्न थाल्यो, फिफा उठ्यो र ध्यान दियो। कतार सरकारले पनि त्यस्तै गरेको छ । त्यसैले DLB पाइपर रिपोर्ट।। अध्ययनले कतारद्वारा अनुमोदित विद्यमान कानून र अन्तर्राष्ट्रिय सम्मेलनहरूको फोरेन्सिक रूपमा जाँच ग¥यो र कानून लागू गर्न र उल्लङ्घनहरूलाई सजाय दिन लगातार र महत्त्वपूर्ण असफलताहरू उल्लेख ग¥यो। यसले ती क्षेत्रहरू पनि विस्तृत ग¥यो जहाँ कानूनको अभाव थियो र साथै श्रम विभागले प्रदान गरेको निरीक्षणको अत्यन्त कमजोर गुणस्तरमा टिप्पणी गरेका थिए ।

कतारको विरुद्धमा सकै मानवअधिकार कर्मि खनिएका थिए भने धेरै देशले विश्वकप छनोट प्रतियोगिता बाटै कतारको विराध गर्न थालेका छन् । नेपालीले गुमाउनु परेको  ज्यान र नेपालीमाथि भएको शोषणलाई लिएर अष्टेलियन फुटबल टीमले टुइटरमा एउटा भिडियो सार्वजानिक गर्दै विश्वकपको लागि आवश्यक पूर्वाधार बनाउदा मारिएका तथा घाइते भएका आप्रवासीलाई क्षेतिपूर्ति दिन माग गरेको थियो। गार्जेनका पत्रकार रोवन बर्टले  विश्वकपको भवन देखाउदै भनेका थिए ,यो एसी भएको भवनको ३८ ३९ तल्लामा विश्वकप आयोजको अफिस छ तर जसले यो भवन बनायो त्यस कामदारको भने गम्भिर श्रमशोषण भएको छ । 

त्यस्तै विश्वकपको आधारभुत पूर्वाधार बनाउदा ज्यान गुमाउनेको अझैपनि पोष्टमाटम गरिएको छैन छेदविछेद भएका लाशहरु चिन्ह गाह्रो थियो । कतारले गरेको मानवअधिकार हननलाई लिएर विश्वकप छनोट खेलमै नेदरलाण्डको टीमले "फुटबल सपोर्ट चेन्ज" लेखिएको जर्सी लगाएका थिए।

नर्वेका खेलाडीले "मानवअधिकार मैदान भित्र र बाहिर लेखिएको जर्सी लगाएका थिए।" जर्मनिका खेडालीले कतारको विरोध गर्दे कालो जर्सी लगाएका थिए । जर्सीमा "मानव अधिकार "लेखेका थिए। डेनमार्कमा खेलाडीले मानव अधिकारको पक्षमा उभिन हिम्मत राखौँ भन्दे जर्सी लगाएका थिए । 

छनोट खेलमा मात्र होइन विश्वकप मैपनि डेनमार्क जर्मनि इङ्गल्याण्ड र नर्वेले विरोध जनाउने भनेको थियो । डनमार्कले आफ्नो जर्सीमा देशको लोगो र नाम धमिलो बनाएको छ ।जर्मनले कालो जर्सी नै लगाउने भएको छ जसमा ह्युमन राइट्स लेखेको छ भने फ्रान्सले मुख्य शहरहरुमा फुटबलको लाइभ प्रदशर्न नै बन्देज गरेको छ ।

Share:
Reaction :
ताजा समाचार
खेलकुद