कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस हारेपछि ब्याटिङमा आएको यूएईले ४३.२ ओभरमा सबै विकेट गुमाएर १९१ रनको योगफल खडा ग¥यो ।
यूएईलाई कम योगफलमै रोक्न नेपालका सोमपाल र ललितले समान तीन विकेट लिए । १० ओभरमा ललितले ४१ रन खर्चिदा सोमपालले ७.२ ओभरमा ३५ रन दिए । यसबाहेक, करण केसी, गुल्सन झा, दीपेन्द्रसिंह ऐरी र कुशल भुर्तेलले पनि एक–एक विकेट लिए ।
यूएईका ओपनर मुहम्मद वसिमले ५० रन बनाए । वसिमले ४६ बलमा तीन चौका र चार छक्का प्रहार गरे । अलिसन सराफुले ३५, भ्रित्या अरविन्दले २५, बसिल हमेदले २४, कप्तान सिपी रिजवानले २२ र विष्णु सुकुमारनले १५ रन जोडे ।
यूएई तीन खेलको एकदिवसीय शृंखलाका लागि नेपाल आएको हो । यसअघि सोमबार भएको पहिलो खेलमा नेपाल पाहुना टोलीसँग ८४ रनले पराजित भएको थियो ।
शृंखलाको अन्तिम खेल मंसिर २ गते हुनेछ । शृंखलाको ‘प्लेयर अफ दी म्याच’ ले २० हजार र ‘प्लेयर अफ दी टुर्नामेन्ट’ ले ५० हजार रुपैयाँ पाउनेछन् । शृंखलाका लागि नेपाल क्रिकेट संघ (क्यान) ले टिकट मूल्य २०० रुपैयाँ राखेको ।