Media Network

सन् २०२७ को यू–१९ महिला विश्वकप क्रिकेट नेपालमा हुने


खबरस्टोरी संवाददाता

२७ कार्तिक २०७९,आईतवार

काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट परिषद आईसीसीसँग सन् २०२७ मा हुने यू–१९ महिला विश्वकपमा नेपाल सहआयोजक बनेको छ ।

आईसीसीले २०२७ मा नेपाल र बंगलादेशलाई संयुक्त रुपमा यू–१९ महिला विश्वकप आयोजनको अवसर दिएको हो ।

आईसीसीको बोर्ड बैठकले नेपालसहित बंगलादेश, श्रीलंका, मलेसिया र थाइल्याण्ड, जिम्बावे र नामिवियलाई सन् २०२४ देखि २०२७ सम्ममा आईसीसी यू–१९ प्रतियोगिताको जिम्मा दिने निर्णय गरेको हो ।

जसअनुसार सन् २०२७ को यू–१९ महिला विश्वकप नेपाल र बंगलादेशमा हुने छ । त्यसअघि सन् २०२५ को प्रतियोगिता भने मलेसिया र थाइल्याण्यले आयोजना गर्ने छन् ।

यस्तै सन् २०२४ को यू–१९ क्रिकेट विश्वकप श्रीलंकामा र २०२६ को प्रतियोगिता जिम्बावे र नामिबियामा आयोजना हुने आईसीसीले जनाएको छ ।

यू-१९ महिला विश्वकप आयोजनाको अधिकार पाएको नेपालको महिला टिमले अहिलेसम्म विश्वकप खेलेको छैन ।

सन् २०२३ को पहिलो संस्करणको यू-१९ महिला विश्वकप दक्षिण अफ्रिकामा आयोजना हुँदैछ । उक्त विश्वकपको लागि नेपाललले एसियाली क्षेत्रको छनोट खेलेको थियो । तर तेस्रो हुँदै छनोट हुन असफल भयो ।

नेपालको पुरुष सिनियर टिमले सन् २०१४ मा टी-२० विश्वकप खेलेका थिए । यस्तै यू(१९ पुरुष टिमले पनि विश्वकपमा सहभागिता जनाइसकेको छ ।

Share:
Reaction :
ताजा समाचार
खेलकुद