Media Network

विश्वकप फुटबल प्रसारण विवाद आज टुंगो लाग्दै


खबरस्टोरी संवाददाता

३० कार्तिक २०७९,बुधबार

काठमाडौँ।विश्वकप फुटबल प्रतियोगिता प्रसारणको विवादबारे आज सर्वोच्चले टुंगो दिने भएको छ। अन्तरिम आदेश छलफलका लागि न्यायाधीश प्रकाशकुमार ढुंगाना र मनोजकुमार शर्माको इजलासमा आजलाई पेसी तोकिएको हो। सुरुमै पेसी तोकिएकाले सुनुवाइ केही हुनेछ।

नेपालमा विश्वकप फुटबल टेलिभिजन प्रसारणको अधिकार लिएको मिडिया हबले टेलिभिजन ग्राहकसँग थप ५ सय रुपैयाँ लिने प्रक्रिया अगाडि बढाएपछि त्यसविरुद्ध सर्वोच्चमा रिट निवेदन परेको थियो। अधिवक्ता किशोर पौडेल र अनुपम भट्टराईले रिट दायर गरेका हुन्।


अतिरिक्त शुल्क नलिई विश्वकप प्रसारण गर्न माग गर्दै उनीहरुले रिट दायर गरेका थिए। निवेदकको मागबमोजिम यसअघि न्यायाधीश प्रकाशमान सिंह राउतको इजलासले अल्पकालीन अन्तरिम आदेश जारी गरेको थियो।

उक्त आदेशलाई निरन्तरता दिने कि नदिने भन्ने आज टुंगो लाग्नेछ। यसअघि मिडिया हबले अन्तरिम आदेश खारेज गर्न माग गर्दै भ्याकेट निवेदन दिए पनि सर्वोच्चले त्यसलाई अस्वीकार गरेको थियो।


Share:
Reaction :
ताजा समाचार
खेलकुद