Media Network

युएईले नेपाललाई दियो २६४ रनको लक्ष्य


खबरस्टोरी संवाददाता

२८ कार्तिक २०७९,सोमबार

काठमाडौं । पहिलो एकदिवसीय अन्तर्राष्ट्रिय  क्रिकेटमा युएईले घरेलु टोली नेपाललाई जितका लागि २६४ रनको लक्ष्य दिएको छ ।कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा नेपालले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङमा आएको युएईले ५० ओभरमा ७ विकेट गुमाएर २६३ रनको चुनौतीपूर्ण लक्ष्य नेपाललाई दिएको हो।

युएईका लागि रोहन मुस्ताफाले अर्धशतक प्रहार गरे । मुस्ताफाले ७३ बल खेल्दै ७ चौका प्रहार गरी सर्वाधिक ५३ रन बनाए । ओपनर मुहमम्द वासिमले ४४ र वृत्य अरभिन्दले ४० रन बनाए । अलिशान शारफुले २९ र बसिल हमिदले १४ रन जोडे । आयान अफजल खानले २६ रन बनाए ।

वासिम र अरभिन्दले पहिलो विकेटका लागि ७५ रनको साजेदारी गर्दै युएईलाई राम्रो सुरुवात दिलाएका थिए । तर गुल्शन झाले १५औं ओभरमा वासिमलाई बोल्ड गर्दै उक्त साझेदारी तोडे ।

वासिमले ४१ बल खेल्दै ६ चौका १ छक्का मदतमा ४४ रन बनाए । सोही ओभरमा गुलशनले युएईका कप्तान सिपी रिजवानलाई कुशल भुर्तेलबाट आउट गराए । रिजवानले २ रन जोडे ।

दुई विकेट एकै ओभरमा गुमेपछि अर्का ओपनर भृत्य अरविन्दले रोहन मुस्ताफा मिलेर इनिङ्स अघि बढाए । अरभिन्द र मुस्ताफाले तेस्रो विकेटका लागि ५२ रनको साझेदारी गरे ।

नेपालका दीपेन्द्र सिंह ऐरीले २६.५ ओभरमा भृत्यलाई एलबीडब्लु आउट गर्दै साझेदारी तोडे । भृत्यले ८२ बल खेल्दै ६ चौका मद्दतमा ४० रन बनाए ।

मुस्ताफाले चौथो विकेटका लागि अलिशा शारफुसँग ५३ रनको साझेदारी गरे । शारफुले २९ रन बनाए । आयान अफजल खानले २६ रन बनाए । उनी अन्तिम ओभरमा रनआउट भए ।

अहमेद राजाले १६ बलमा अविजित २७ रन बनाए । उनले १ चौका र २ छक्का प्रहार गरे ।

नेपालका लागि गुलशन झाले २ विकेट लिए । उनले ६ ओभर बलिङ गर्दा २६ रन खर्चिए । सोमपाल कामी र दिपेन्द्र सिंह ऐरीले समान १ विकेट लिए । युएईका तीन खेलाडी रनआउट भए ।


Share:
Reaction :
ताजा समाचार
खेलकुद