Media Network

यूएईलाई हराउँदै नेपाल विश्वकप छनोटमा


खबरस्टोरी संवाददाता

२ चैत्र २०७९,बिहीबार

काठमाडौं । नेपाल एकदिवसीय विश्वकप छनोटमा पुगेको छ । लिग टूको अन्तिम खेलमा युएईलाई डिएल मेडथमा ९ रनले हराउँदै नेपाल विश्वकप छनोटमा पुगेको हो ।

त्रिवि क्रिकेट मैदान, कीर्तिपुरमा पहिले ब्याटिङ गरेको यूएईले ५० ओभरमा ६ विकेट गुमाएर ३१० रन बनाएको थियो । जवाफमा मैदान उत्रिएको नेपालले ४४ ओभरमा ६ विकेटको क्षतिमा २६९ रन बनाउँदा खेल रोकियो र डिएल मेडथका आधारमा नेपाल २ रनले विजयी घोषणा भयो ।

यो जितसँगै ४० अंकका साथ नेपाल आईसीसी क्रिकेट विश्वकप लिग टूको तेस्रो स्थानमा उक्लिँदै विश्वकप छनोटमा पुग्न सफल भयो ।

डिएलमा ९ रनले विजयी हुनुपर्ने भएकाले अन्यथा भएकाले सच्याएका छौं

Share:
Reaction :
ताजा समाचार
खेलकुद