Media Network

विश्व आदिवासी दिवसः देशैभर विभिन्न कार्यक्रम गरिँदै


खबरस्टोरी संवाददाता

२४ श्रावण २०७९,मंगलवार

काठमाडौं । २८ औं विश्व आदिवादी दिवस मंगलबार विभिन्न कार्यक्रम गरी मनाइँदैछ । दिवसका अवसरमा काठमाडौंमा झाँकीसहितको रयाली निकालिँदैछ । 

जनजाति अधिकारका विषयमा काम गर्दै आएका संघ संस्थाहरुले दिवसका अवसरमा छुट्छुट्टै अन्तरक्रिया, छलफल लगायतका कार्यक्रमहरु गर्दैछन् । 

अखिल नेपाल आदिवासी जनजाति महासंघले मंगलबार अपरान्ह काठमाडौंको झाँकीसहितको र्याली निकाल्दैछ । र्यालीपछि राष्ट्रियसभा गृहमा सांस्कृतिक कार्यक्रमसहित दिवस मनाउन लागिएको महासंघका अध्यक्ष प्रा डा ओम गुरुङले बताए । 

जनजातिहरुले अगस्त ९ तारिखलाई अन्तर्राष्ट्रिय पर्वका रुपमा मनाउने गर्दछन् । विश्व आदिवासी दिवसका अवसरमा जनजाती बाहुल्य पालिकाहरुले मंगलबार स्थानीय बिदासमेत दिएका छन् । 


Share:
Reaction :
ताजा समाचार
खेलकुद