क...">
Media Network

बजेट बनाउँदा मन्त्रीहरुले आफ्नै निर्देशन नटेरेको प्रधानमन्त्री प्रचण्डको गुनासो


खबरस्टोरी संवाददाता

७ असार २०८१,बिहीबार

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आगामी आर्थिक वर्षको बजेट बनाउँदा मन्त्रीहरूले आफ्नो निर्देशन नै नटेरेको दुखेसो गरेका छन् ।

प्रतिनिधिसभाको बैठकमा प्रधानमन्त्रीसँग सांसदहरुको प्रश्नोत्तर कार्यक्रममा बोल्दै प्रधानमन्त्री प्रचण्डले यस्तो बताएका हुन् ।

प्रधानमन्त्री प्रचण्डले बजेट बनाउँदा आफू नै निरीह बन्नुपरेको बताए।प्रधानमन्त्री प्रचण्डले दुखेसो पोख्दै भने, ‘बजेट तर्जुमा प्रणालीमा निरन्तर सुधारको लागि सरकार प्रतिवद्ध छ । बजेट चाहेजस्तो अझै हुन सकेन । हामीले प्रयास गर्नुपर्ने हुन्छ । मान्य मन्त्रीज्यूहरूले पनि योजना निर्माण गर्दा, कार्यक्रम बनाउँदा सरकारको, प्रधानमन्त्रीकै निर्देशनलाई जति गम्भीरतापूर्वक लिनुपर्ने हो त्यो भएन । निर्देशन दिँदा दिँदै पनि साना योजना राखिएको छ ।’

प्रधानमन्त्री प्रचण्डले आफ्नो निर्देशनलाई मन्त्रीहरूले गम्भीरतापूर्वक नलिएको बताए ।प्रचण्डले आफूले भन्दाभन्दै पनि साना आयोजनाहरु बजेटमा परेको बताए ।

प्रधानमन्त्री प्रचण्डले बजेटमा जे भएको छ त्यो ठिक भएको छ भन्ने पक्षमा आफू नरहेको बताए ।

Share:
Reaction :
ताजा समाचार
खेलकुद