Media Network

एउटा दलको अध्यक्ष नै अर्को दलबाट सांसद बन्नु नैतिकताको विषय : प्रमुख आयुक्त थपलिया


खबरस्टोरी संवाददाता

२८ मंसिर २०७९,बुधबार

काठमाडौं । निर्वाचन आयोगले एउटा दलको अध्यक्ष अर्को दलबाट सांसद बन्न पाउने वा नपाउने विषयमा कानुनी प्रष्टता नभएको बताएको छ । बुधबार आयोगमा आयोजित पत्रकार सम्मेलनमा पत्रकारले एउटा दलको व्यक्ति अर्को दलको सांसद हुन पाउने कि नपाउने भनी प्रश्न सोधेका थिए ।त्यसैले यस्तो विषय सम्बन्धित व्यक्तिको नैतिकतासँग जोडिने प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले बताए ।

जवाफमा प्रमुख आयुक्त थपलिया भन्छन्, ‘एउटा दलको अध्यक्ष अर्को दलको निर्वाचन चिह्न लिएर चुनाव लड्न र समानुपातिक तर्फबाट निर्वाचित हुन पाउँछ कि पाउँदैन भन्ने विषयमा कानुनमा प्रष्ट छैन, यो नैतिकतासँग जोडिएको विषय हो ।’ तथापि, यो विषय आगामी दिनका लागि छलफलको विषय बनेको उनले बताए ।

नेपाल परिवार दलका अध्यक्ष एकनाथ ढकाल समानुपातिक निर्वाचन पद्धतिबाट नेकपा एमालेको सांसद निर्वाचित भएका छन् ।

Share:
Reaction :
ताजा समाचार
खेलकुद