Media Network

फरार सांसद पक्राउ गर्न हस्तक्षेप गर्दैनौं तर प्रमाणित नभई अपराधी भन्न मिल्दैन:सांसद महासेठ


खबरस्टोरी संवाददाता

१० माघ २०७९,मंगलवार

काठमाडौं । नेकपा एमालेका सचिव तथा सांसद रघुवीर महासेठले सांसद लक्ष्मी महतोलाई निवर्तमान शेरबहादुर देउवा सरकारले सम्मान गरेको दाबी गरेका छन् ।प्रतिनिधिसभाको मंगलबार भएको बैठकमा बोल्दै उनले महतो अपराधी भए समाजसेवी पदक किन दिनुभयो भन्दै प्रश्न गरे ।

उनले भने, ‘उहाँलाई पदक सिफारिस गर्ने निवर्तमान सरकारले अपराधी देखेन । उहाँविरुद्धको मुद्दा अहिलेको होइन, सात वर्षभन्दा बढी भइसक्यो सशस्त्र प्रहरीका असईको हत्या भएको । पहिलेको सरकारले उहाँलाई समात्ने काम किन गरेन रु समात्ने त परै जाओस् उहाँलाई सम्मान गर्ने काम भएको थियो । मन्त्रिमण्डलबाट सिफारिस भएर राष्ट्रपतिबाट घोषणा भएको लिष्टमा उहाँको नाम थियो ।’

लक्ष्मी महतो अहिले आफ्नो पार्टीको सम्पर्कमा नभएको महासेठले बताए । प्रहरी प्रशासनले हिरासतमा लिएको भए सार्वजनिक गर्न माग गरे ।

उनले भने, ‘अहिले प्रहरी प्रशासनले जुन कारबाही गरिरहेको छ । एमाले र एमाले नेताहरुमाथि आरोप लगाइरहेको छ । त्यसमा कुनै सत्यता छैन । सरकार र गृहमन्त्रीलाई भन्न चाहन्छु, तपाईंहरु कानूनअनुसार काम गर्नुस् । उहाँलाई समाउनै पर्नेछ भने समाउनुस् । एमाले र एमाले नेताहरुबाट बाधा अवरोध आउनेछैन ।’

उनले लक्ष्मी महतोलाई अपराधी भनेकोप्रति आपत्ति जनाए ।

Share:
Reaction :
ताजा समाचार
खेलकुद